सुर्खेत, ३१ साउन ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु.दुई हजार ८०० मा मोटरसाईकल खरिद गर्ने दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महावै गाउँपालिका ३ रिठा दैलेखका २१ वर्षीय अक्ष मल्ल र भारत बहराइज जिल्ला थाना नानपारा निवासी २० वर्षीय दिलशाद खान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीेले जानकारी दिनुभयो । हाल बीरेन्द्रनगर नगरपालिका ३ तातोपानी सुर्खेतमा डेरागरी बस्ने मल्लले भे१प २०६० नम्बरको १२५ सिसीको हिरो होण्डा मोटरसाईकल चोरेर खानलाई रु.दुई हजार ८०० मा बिक्री गरेको खुलेको उहाँले बताउनुभयो ।
बाँके खजुरा गाउँपालिकामा अहद अटो रिपेरियरिङ सेन्टर सञ्चालन गर्दै आएका खानले खरिद गरेको उक्त भे१प २०६० नम्बरको मोटरसाईकललाई भे१प २०७० बनाई च्यासिस नम्बरसमेत बदलको अवस्था फेला पारिएको प्रवक्ता क्षेत्रीले बताउनुभयो । इलाका प्रहरी कार्यालय धनौली बाँकेको सहयोगमा खानलाई पक्राउगरी उनलाई बिहीबार सुर्खेत ल्याईएको उहाँले बताउनुभयो । उहाँका अनुसार चोरी मुद्दाअन्तरगत दुवैको अनुसन्धान कार्य अगाडि बढाईएको छ ।
कोरपाटी संवाददातासाउन ३१, २०७६ सुर्खेत
५६४ पटक
- युद्धले अरू देश ध्वंस भएका बेला अमेरिका मालामाल !
- वडापालिकाको आम्दानी स्रोत बन्यो तातोपानी धारा
- समाज बदल्ने उपदेश दिनेले बदलिएर देखाउनुपर्छः मुख्यमन्त्री कँडेल
- शिक्षकलाई स्थानीय तहको ज्यादतीबाट मुक्त गर्न ध्यानाकर्षण
- जुम्लामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन
- बजेट खर्च प्रतिशत कम भन्ने समाचार नआओस्ः प्रदेश प्रमुख जोशी
- कर्णालीमा एक लाख २० हजार किशोरीलाई एचपिभि लगाउँदै सरकार