OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७८सुर्खेत
४०७ पटक

१९ बैशाख २०७८, आईतबार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । लामो समयदेखि जडान भई सञ्चालन नआएको अक्सिजन प्लान्ट मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाल काँग्रेस प्रदेशसभा दल नेता जीवनबहादुर शाहीसहितको टोली त्यहाँ पुगेर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।

मुख्यमन्त्री शाहीसहित आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसी तीन दिन अघि प्रदेश अस्पतालको स्थलगत अनुगमनका साथै कोरोना संक्रमितहरुको अवस्था अध्ययन, आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापनका बारेमा अस्पताल निर्देशक प्राडा.डम्बर खड्का र कोरोना सम्पर्क व्यक्ति डा.के.एन.पौडेलसँग जानकारी लिएको थियो ।

खासगरी पछिल्लो समयमा भेरियन्ट कोरोना संक्रमणले संक्रमितहरुको संख्या बढ्दै गएको र त्यसमा श्वासप्रश्वासका बिरामीको जीवन बढी खतरामा रहेको देख्नुभएका मुख्यमन्त्री शाही अक्सिजन प्लान्ट सञ्चालन गराउन आफै प्रदेश अस्पताल पुग्नुभएको थियो । सामाजिक विकासमन्त्री समेत रहेका शाही, नेपाली सेनाका पृतनापति,  सामाजिक विकास सचिव,  सशस्त्र तथा नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुखसहितको टोलीले स्थलगत गर्नुका साथै प्लान्ट सञ्चालनमा सहजीकरण गरेको थियो ।

आजबाट कोभिड अस्पतालको आइसोलेशन वार्डमा अक्सिजन सप्लाई गरिएको बताईएको छ । अबको केही दिनमा सिलिण्डर नै रिफिलिङ हुने अस्पतालले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्