OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७८सुर्खेत
५५८ पटक

१९ बैशाख २०७८, आईतबार

लुम्बिनी प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । सत्तारुढ एमालेबाट निर्वाचित उनले आजै प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा दिएका हुन् ।

सभामुख घर्तीका स्वकीय सचिव ध्रुवविक्रम वलीले दिएको जानकारी अनुसार पाण्डेले प्रदेशसभा सदस्य पदबाट आज दिउँसो राजीनामा दिएका हुन् । त्यस्तै, एमालेको सूर्य चिन्ह लिएर स्वतन्त्र तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाही र धर्मलाल श्रीवास्त भने विपक्षी गठबन्धनमा लागेको बताईएको छ ।

शाही र श्रीवास्तवले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा लागेका छन् । ती दुवैले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमा हस्ताक्षरसमेत जनाईएको छ ।

 

प्रतिकृया दिनुहोस्