OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, बैशाख १९, २०७८जुम्ला
११९७ पटक

वैशाख १९ गते । कोरोले आक्रान्त भएको नेपालगजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले स्वास्थ्यकर्मीको एक टोली पठाउने भएको छ ।
प्रतिष्ठानले विशेषज्ञ डाक्टर प्रविण गिरीको नेतृत्वमा छ जनाको टिम पठाउने तयारी गरेको निमित्त निर्देशक राजिव शाहले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले २२ जना माग गरेको थियो तर प्रतिष्ठान र अन्य जिल्लामा जनशक्ति परिचालन गर्नुपर्ने अवस्था भएका कारण छ जना पठाउने भएको जानकारी दिनुभयो । तीन जना डाक्टर, एक जना प्यारामेडिक र २ जना नर्स आईतवार नेपालगंज पठाउने खवर भएको निर्देशक शाहले थप्नुभयो । विशेषज्ञ डाक्टर प्रविण गिरीको नेतृत्वमा टोली खटाईएको प्रतिष्ठानले जानकारी दिएको छ ।

२२ जनालाई पठाउन निर्देशन :
नेपाल सरकार स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य आपतकालिन संचालन केन्द्रले २२ जना स्वास्थ्यकर्मी पठाउन निर्देशन गरेको छ । आपतकालिन केन्द्रले ईएमडिटि तालिम दिएका ४ जना विशेषज्ञ सहित २४ जनालाई २४ घण्टाभित्र नेपालगंज पठाउन पत्राचार सहित निर्देशन गरेको छ । केन्द्रले पठाएको पत्रमा भनिएको छ, कोभिड १९ को सक्रमणले स्वास्थ्य सेवा प्रवाहमा कठिनाई भईरहेको भेरी अस्पतालमा रही अर्को व्यवस्था नभए सम्म कामकाज गर्नेगरी त्यहाँ तयार भएको र तालिम प्राप्त ईमरजन्सी मेडिकल डिप्लोयमेन्ट टिम २४ घण्टाभित्र पठाईदिन निर्देशन गरिएको हो ।
कोरोनाले आक्रान्त बनाएपछि नेपालगजमा उपचार गर्न कर्णाली प्रतिष्ठानको टिम भने जाने तयारी भएको प्रतिष्ठानले जनाएको छ । कर्णाली क्षेत्रमा पनि कोरोनाको ग्राफ बढिरहेको हुदा जनशक्ति खटिरहेको प्रतिष्ठानले जनाएको छ ।

वेड अभावमा सुर्खेतका विरामी जुम्लामा :
विरामीलाई वेड अभाव र चाप बढेपछि जिल्ला वाहिरबाट विरामी जुम्ला आउन थालेका छन् । २ जना अक्सिजन लगाएर कोरोना संक्रमित विरामी सुर्खेतबाट जुम्लामा ल्याई उपचार गरिएको छ । प्रतिष्ठानका निर्देशक शाहका अनुसार दुईजनालाई अक्सिजन सँगै ल्याएर यहाँ भर्ना गरेका छौ । अन्य तीन जनालाई पनि अक्सिजनमा उपचार गरिहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा अहिले एक सय चिकित्सक रहेको तथ्यांक छ । गत बर्ष कोरोनाको समयमा कर्णाली भरी मेडिकल मार्च गरेर स्वाव संकलन गर्ने र जनचेतना दिने काम गरेको थियो । अहिले प्रतिष्ठानमा २५ वेड अक्सिजन दिन मिल्ने तयारी भईरहेको बताईएको छ । तर अक्सिजन प्लान्ट बत्तिको अभाव र ब्रसर नामक एक सामाग्री नभएका कारण उत्पादन हुन नसकिरहेको प्रतिष्ठानले जनाएको छ । उत्पादन वन्द भएको खबर पाएपछि जिल्ला विपत व्यवस्थापन समितिले उत्पादन बृद्धिका लागि अनुरोध गर्ने समेत निर्णय गरेको छ । तत्काल अभाव सामान खरिद गर्न समेत विपत व्यवस्थापन समितिले अनुरोध सहित निर्देशन गरेको छ ।

प्रतिकृया दिनुहोस्