OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १९, २०७८बुटवल
६०८ पटक

१९ बैशाख २०७८, आईतबार

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने भएको छ ।

यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार दुई दल मिलेर बनेको बहुमतको सरकार थियो । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना ४ सांसदलाई निष्कासन गरेपछि प्रदेश सभामा एमालेको एकल बहुमत पुगेको छ ।

मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अब एकल बहुमतको सरकार बनाउने तयारी रहेको नेकपा एमाले रुपन्देहीका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बताए । संविधान अनुसार अहिलेको सरकार १८६ ९२० अनुुसारको हो । अब संविधानको धारा १६१ ९१० अनुसार एमालेको नेतृत्वमा एकल बहुमतको सरकार बन्छ । मुख्यमन्त्री शंकर पोखरेल नै बन्नुहुन्छ,’ उनले भने ।

कूल ८७ सदस्यीय प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद थिए । यस्तो अवस्थामा एमालेको एकल बहुमत पुगेको थिएन । तर पछि माओवादीका २ सांसद र जसपाका ४ सांसद पदमुक्त भएका छन् । यससँगै प्रदेशसभामा सभामुखसहित ८१ सदस्य रहन्छन् । ८१ सांसद रहँदा एमालेका ४१ सांसदको संख्या एकल बहुमत हो ।

प्रदेश सभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका ६ (कारवाही गरिएका सांसदसहित) र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । सांसदलाई कारवाहीपछि अब जसपाका २ सांसद मात्रै बाँकी रहेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले आइतवार बिहान प्रदेश प्रमुखसमक्ष पदबाट राजीनामा पेश गरेको जानकारी दिँदै मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएकोमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गर्नुपर्ने परिस्थिति आइपरेकाले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न पदबाट राजीनामा दिएका जानकारी दिए ।

‘संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने । संविधानको धारा १६८ को उपधारा २ मा अनुसार प्रदेशसभामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने,’ सल्लाहकार केसीले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् । लोकान्तरबाट

प्रतिकृया दिनुहोस्