OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १७, २०७८
४७६ पटक

 १७ बैशाख २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार १६ गते चार र १७ गते चार गरी आठ कोरोना संक्रमितको मृत्यु भएको हो । आज शुक्रबार साँझ ७ः०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका १० की ३२ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुखेतका सम्पर्क व्यक्ति के.एन. पौडेलले जानकारी दिनुभयो ।

अब कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । नौ जना थपिएसँगै कर्णालीमा कोरोन संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको जनाईएको छ । यो घटनाले कर्णालीमा कोरोना संक्रमण भयावह अवस्थामा पुगेको यसमा अधिकतमरुपले सावधानी अपनाउन तथा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैलाई कर्णाली प्रदेश सरकारले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्