OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १५, २०७८सुर्खेत
२९१ पटक

१५ बैशाख २०७८, बुधबार

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः सपथ ग्रहण गर्नुभएको छ । १० दिनपछि तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पुनः सपथ ग्रहण गराउनुभएको हो ।

यही बैशाख ३ गते बसेको प्रदेशसभाको बैठकमा नेकपा एमालेको निर्देशन उलङ्घन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वास मत दिएका थिए । उनीहरुलाई मुख्यमन्त्री शाहीले बैशाख ४ गते मन्त्रीमा नियुक्त गर्नुभयो र तीनै मन्त्रीहरुले बैशाख ५ गते प्रदेश प्रमुख कलौनीले समक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।

पार्टीको ह्वी तोडेको आरोप लगाउँदै नेकपा एमाले कर्णाली प्रदेशसभा दलले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको सुचना प्रदेशसभा सचिवालयलाई दिएको थियो । जस अनुसार १२ गते बसेको कर्णाली प्रदेशसभाको सातौं अधिवेशनको दोस्रो बैठकमा सभामुख राजबहादुर शाहीले नेता प्रकाश ज्वालासहित तीन मन्त्रीको प्रदेशसभा सदस्य पद मुक्त भएको जानकारी गर्नुभएको थियो ।

पदमुक्त भएका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई आज पुनः प्रदेश प्रमुख कलौनील पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

थापा र शाही नयाँ मन्त्री भएपनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिईएको छ । पर्यटनमन्त्री बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री बनेर योसँगै तीन पटक पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्