OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख ६, २०७८जुम्ला ।
६८४ पटक

हिमा वैशाख ६ गते । जुम्लामा गाउँपालिकामा पालिका स्तरीय खेलकुद प्रतियोगिता हुने गरेका छन् । राष्ट्रका लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने मुल्य नारासहित गाउँपालिका स्तरमा पनि खेलकुद प्रतियोगिता सञ्चालन हुने गरेका हुन् ।

यसैक्रममा बैशाख पहिला साता यहाँको हिमा गाउँपालिकाले स्थानीय तह स्तरीय भलिवल प्रतियोगिता सम्पन्न गरेको गाउँपालिकाले जनाएको छ ।
भलिबल प्रतियोगितामा पुरुष तर्फ वडा नम्बर एकले प्रथम उपाधि हात पारेका छन् । यसैगरी महिला तर्फको प्रथम उपाधि ओदीका युवाले प्राप्त गरेका छन् ।

पुरुष तर्फको दोस्रो स्थानमा हिमा गाउँपालिका – ७ धाँचुगाउँको युवा क्लव र महिला तर्फको दोस्रो स्थानमा धाँचुगाउँकै युवाले प्राप्त गरेका भलिबल प्रशिक्षक परेकबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रथम स्थान हासिल गर्ने महिला पुरुष दुवै टिमलाई नगद रु २० हजारसहित मेडल, कप र प्रमाण पत्र पुरुस्कार स्वरुप प्रदान गरिएको छ । दोस्रो स्थान हासिल गर्ने महिला पुरुष दुवै टिमलाई नगद १५ हजार रुपियाँसहित मेडल, कप र प्रमाण पत्र प्रदान गरिएको प्रशिक्षक शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तर्फ १३ वटा टिम र महिला तर्फ ४ वटा टिमले भाग लिएका थिए ।

प्रतियोगितामा उपाधी हाशिल गर्ने टिम र सहभागिहरुलाई पुरस्कार सहित प्रमाणपत्र र मेडल गाउँपालिका अध्यक्ष रजबहादुर शाही, उपाध्यक्ष हिमाली रोकाया र प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले वितरण गर्नुभएको थियो ।
प्रथामिकता दिएका छौ : स्थानीय सरकार
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार खेल क्षेत्रलाई अगाडी बढाउनका लागि पालिकामा प्रशिक्षक व्यवस्थापन गर्नुका साथै विद्यालयमा पनि खेलकुद प्रशिक्षकको व्यवस्थापन गरेको बताउनुभयो । स्थानीय तहमै खेलमैदान बनाईएको बताउनुभयो । उपाध्यक्ष हिमाली रोकायाले खेलक्षेत्रलाई प्रथामिकताका साथ गाउँपालिकाले हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले खेलक्षेत्रका प्रतिभाहरु गाउँमा थुप्रै भएको भन्दै सानो सानो लगानी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

भलिवल प्रतियोगिताको आयोजना जनप्रेमी यूवा सञ्जालको आयोजना तथा हिमा गाउँपालिकाको सहयोगमा सम्पन्न गरिएको छ ।

प्रतिकृया दिनुहोस्