सुर्खेत, २१ साउन ः मुगुका अग्निपीडितलाई आज कर्णाली प्रदेश सरकारले उद्धार गरेर सुर्खेत ल्याएको छ ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वमा गएको सरकारको टोलीले खत्याड गाउँपालिका वडा २ मुगु सेरी जामगाउँका अग्निपीडितलाई उद्धार गरेको हो । तीन दिनअघि अज्ञात समुहद्वारा खत्याड गाउँपालिका २ को वडा कार्यालयमा भएको आगजनीका कारण घरबारविहिन भएका चार घरपरिवारका १० अग्निपीडितहरुलाई आज बेलुकी ७ः०० बजे हेलिकोप्टरबाट सुर्खेत ल्याईएको कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।
अज्ञान समुहले वडा कार्यालयमा गरेको आगजनीबाट वडाध्यक्ष लाबहादुर मल्ल, स्थानीय टक्कबहादुर मल्ल, पदम बुढा र हरिकृष्ण दाहालको घर पूर्णरुपले जलेकोले उनीहरुलार्ई उद्धार गरिएको उहाँले बताउनुभयो । पीडितहरुलाई खाद्य पदार्थ र त्रिपाल राहत उपलब्ध गरेको जनाउँदै सूचना अधिकारी रोकायाले आगोले जलेका तीन जनालाई पनि थप उपचारका लागि सुर्खेतमा ल्याईएको बताउनुभयो ।
नेकपा मुगुका जिल्ला अध्यक्ष सुकबीर बुढाले नियोजित ढंगबाट वडापालिकाको भवन र अन्य घरमा आगजनी गरिएको दावी गर्नुभयो । “आगजनीबाट नगद र जिन्सी गरेर रु.पाँच करोडको भौतिक क्षेति भएको छ,” अध्यक्ष बुढाले भन्नुभयो, “शंकास्पद व्यक्तिको मोबाईल पनि खोसिएकोले दुईचार दिनभित्रै अपराधी पत्ता लाग्छन् ।”
कानूनमन्त्री भण्डारीले घटनास्थलको अवलोकनगरी पीडितलाई राहत प्रदान तथा उद्धार गरिएको बताउनुभयो । “घटना कसले कसरी किन गरेको हो ? भन्ने कुराको व्यापक खोज अनुसन्धान भईरहेको छ,” मन्त्री भण्डारीले भन्नुभयो, “यस कार्यमा संलग्न अपराधीलाई हामी तुरुन्तै कानूनी दायरामा ल्याएर कारवाही गर्छौं ।” घटनास्थल अवलोकनमा मन्त्री भण्डारी, प्रदेशसभा सदस्यद्वय चन्द्रबहादुर शाही र दानसिं परियार, गाउँपालिका अध्यक्ष उब्जन शाही, उपाध्यक्ष जयनन्दा रावलसहितको उपस्थिति रहेको थियो ।
कोरपाटी संवाददातासाउन २१, २०७६सुर्खेत
३७७ पटक
- विश्वास र मान्यतालाई आजको ज्ञान–विज्ञानसँग जोड्न आग्रह
- जुम्लामा पनि पृथ्वी जयन्ति मनाईयो
- जुम्ला बहुमुखी क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्री नियुक्त
- कर्णाली समृद्धिको आधार पर्यटनः मन्त्री अधिकारी
- प्यालेष्टाईन माथीको आक्रमण रोक्न जुम्लामा हस्ताक्षर
- तिलामा सड्क अतिक्रमण हटाउन नागरिकको पहल
- प्रेस सेन्टर सुर्खेतको अध्यक्षमा विश्वकर्मा चयन
- दलित सशक्तिकरण विधेयक अगाडि बढाउने सहमति
- यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका १८ निर्णय
- प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलको निधन