नेत्र शाही काठमाडौं,
२०७७ फागुन २७ गते । रंग मञ्चमा उदाउदै गरेका हिरा, कर्णालीको छोरा नेपाली रंगकर्मी हिरा बिजुली नेपालीले सुर्खेतमा आयोजित कर्णाली उत्सवको दोस्रो दिनमा प्रश्न गर्नुभयो ? कर्णालीका कथा लेखक र पत्रकारले लेख्न चाहन्नन । लेख्ने ठाँउमा पुगछन, तर लेख्दैनन । यो भनिरहदा कार्यक्रममा उपस्थित लेखन क्षेत्रमा जीवन विताएका र पत्रकारिता गरिरहेकाहरुको मनचसक्कै भयो होला । तर केही हदमा सत्य पनि छ, हामीले कर्णालीको पत्रकारिता रोगभोग र दुःखको पर्यावाची भन्दा पनि सम्भावनामा कति केन्द्रीत रहयौ, गर्यो, हाम्रो सस्कृति संरक्षणमा कति ध्यान दियौ । हामी पत्रकारहरुका लागि थप सूझाव योग्य हुन सक्छ ।
कर्णाली उत्सवको दोस्रो दिन “आम्नै कर्णाली, आफ्नै कथा” को वौद्धिक वहशमा पत्रकार शुरबहादुर सिंहले साहित्यको एक धरोहर मध्यका एक बुद्धि सागरलाई प्रश्न गर्नुभयो ? अव हामी कसरी लेखौ, बुद्धि सागरको उत्तर थियो गहिराईमा जाउ, माथीबाट नभई तलबाट जाउ, जादैछौ । पत्रकार तथा लेखक सरला गौतमलाई पत्रकार सिंहको प्रश्न कर्णाली सम्भावना गुञ्जाउने तर दयाको पात्र कसले गर्यो भन्ने बिषयमा, सरलाले उत्तर दिनुभयो, यो दुवैको हो । तर उहाँले उत्तर दिदै गर्दा यक्ष प्रश्न कर्णालीका पत्रकारलाई पनि गर्नुभयो । घटना होला र समाचार लेखौला भन्नेमा नपर्खौ !
मञ्चका अतिथि देउडा पारखी तथा खेलाडी नेत्रराज शाहीले सस्कृति बचाउन देउडा जोगाईराख्नु पर्ने आवाज फेरी पनि उठाउनुभयो । सहजकर्ता भुपेन्द्र खडकाको प्रश्न पनि देउडालाई पछिल्लो पुस्तालाई कसरी हस्तान्तरण होला भन्ने थियो । देउडा गायक शाहीले साउन १ गतेलाई कर्णाली सरकारले देउडा दिनको रुपमा मनाउने शुरु गरेको बताउनुभयो । उहाँले देउडा कर्णालीको सम्पति हो । खस राज्यको स्थापना देखी देउडा भएको दावी गर्नुभयो । देउडा कच्चा पदार्थ भएको र अन्य पछि अरु बढिरहेका बताउनुभयो ।
हिरा बिजुली आफ्नो पेशागत बुझाइ र अनुभवमा भएको कुरामा आधारित आवाज थियो, “रंगमञ्च नभएको भए सामाजिक अन्याय हुन्छ भन्ने छ ।” उहाँले यो शुरुवात देखी जिजुवाजेहरुले गर्नुभएको रंगमञ्च अहिले व्यवायीक रुपमा अगाडि बढाऔ । कर्णाली दख्खिन बग्दोछ, भन्ने नाटकले कर्णाली चिनाउने पहिलो नाटक भएकोमा छाति फुलाएर भन्नु भयो । हिरा हिराको रुपमा उदाउदै गरेको आवास कार्यक्रमले दिदा मुगुकै मिन भामको नाम सहजकर्ताले एक पटक निकाल्नु भयो । मिन भामलाई व्यवसायिक रुपमा संसार चिनाउने कालोपोथी र चिसो बर्षले झन उचाई पुरयाई दिएको छ । उत्सवमा मिनभावको नाम सुन्ने बित्तिकै धेरैले कालोपोथी र चिसो बर्षको उनको सफलता सम्झेको हुनुपर्छ ।
तपाईका नाटक किन काठमाडौं केन्द्रीत भए ? पत्रकार विवस सेजुवालको प्रश्नमा हिराले काठमाण्डौलाई कर्णालीको रंग सुनाउने शुरुवात गर्यौ अव कर्णालीवाटै शुरु गर्ने बताउनुभयो । उहाँले काठमाडौंमा राम्रै स्थानमा बसेकाmे पढेको भएपनि “मलाई मेरो माटोले तान्यो, मेरो मागल र सस्कृतिले तान्यो ” र म कर्णालीको रंगकर्मी क्षेत्रमा काम गरिरहेको छु । तर काठमाडौं एक व्यवसायिक वनाउने कुरा एक भयो, अर्को अन्तराष्ट्रिय स्तरको पहुँच पनि राख्ने स्थान हो तर अव फर्किने बताउनुभयो ।
उत्सवमा एक सहभागीले जाजरकोट र रुकुम वा भेरीको सस्कृति र सम्भावनालाई कर्णाली उत्सवले समेटनु पर्ने बताउनुभयो ।
कर्णाली बिचार र सपना पनि हो : सरला गौतम
सो सत्रका बक्ता पत्रकार सरला गौतमले कर्णालीको आखा रुदैन मात्रै सपना रहेको बताउनु भयो । कर्णाली विचार पनि सपना पनि हो । कर्णालीको दुख उस्तै थियो वा अहिले कस्तो भन्ने बिषय प्रधान भएको जोड दिनुभयो । कर्णाली यस्तो साहित्यको खानी हो भन्दै डोल्पामा थिन्लेले निम्ता दिनुभएको स्मरण गर्नुभयो । थिन्लेले सधै बाटोको सपना देख्नुभयो । तर बाटो राम्रो नहुदै निधन भएको उहाँ थप्नु हुन्छ ।
आफुले दुनैमा नेपाल भनेर लेखेको थिए । मलाई दुनैले नेपाल हाकेको देखे र लेखेको बताउनुभयो । त्यहाँ एक जनाले देखाएको केशर मेरोमा काठमाण्डौमा आयो । क्याफेबाट देखाएको केशरको फुल र उनको सपना बाचेको अनुभुति भएको उहाँले बताउनुभयो । उहाँले कर्णालीका सम्भावना धेरै भएको उदाहरण सफल भएका कथाको स्मरण समेत गर्नुभयो । पलाता गाउँ विहानै उठ्छ, हिजो द्धन्द्धको बम पडकिन्थ्यो अहिले विकासको बम पडकिन्छ । यो पलाता गाउँपालिकाको र लक्ष्मण बमको सपना हो । उहाँले बाजुरा र कालिकोटको पलाताको यात्रा कथा समेत सुनाउदा सहभागी छक्क परेका थियौ । कालिकोटका होटल साउ जनक र राराका घोडावालीको सफलताको कथा, राराका बिर्खमान दाई, बाजुराका रेलकलाको कथा पनि मिडिको अन्तरवार्ता किन आउदैनन भन्ने उहाँको जोड थियो ।
उज्यालै देख्छु कर्णाली : बुद्धिसागर
लेखक बुद्धिसागरले कर्णालीको भविश्य उज्यालै रहेको बताउनुभयो । उहाँले कर्णाली उत्सवको “आम्नै कर्णाली, आफ्नै कथा” को सो सत्रमा साहित्यको क्षेत्रमा अहिलेको समयमा धेरै सम्भावना छ , अगाडि बढेको छ । जसलाई लेख्न आउछ, पढ्न आउछ, मेरो कथा मैले लेख्छु भन्ने सपना देख्नुपर्छ । सपना देख्न पनि साक्षर हुनुपर्छ । सपनाको रेन्ज नाप्न सकिन्छ । आफुले पनि आफेनै कथा पात्र भएर लेखेको हो भन्नुभयो ।
०५३ सालमा कालिकोट गएको थिए । पहिलो कविता नेत्रराज शाहीलाई देखाउन दिएको थिए । साहित्यमा कालिकोट पछाडि थियो । त्यो भन्दा सँगै मञ्चमा रहेका शाहीको अनुहार खुशी देखिन्थ्यो । उहाँले साहित्य र कलेखन क्षेत्रले नै हाम्रो भाषामा राष्ट्रियकरण हुनेमा जोड दिनुभयो ।