OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

सुर्खेत अख्तियारमा शिक्षाका उजुरी बढी

चार रङ्गेहात पक्राउ, ११ विरुद्ध आरोपपत्र दायर

कोरपाटी संवाददातासाउन ७, २०७६सुर्खेत
३७९ पटक

सुर्खेत, ७ साउन ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
आयोगले आज पत्रकार सम्मेलनगरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले आर्थिक वर्ष २०७५÷०७६ मा कूल उजुरी ९६३ परेको प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तरगत ३११ (३३ प्रशितश) उजुरी परेको बताउनुभयो । कूल उजुरीमा ५५२ (५७ प्रतिशत) उजुरी फछ्र्यौट भएको र ४११ उजुरी अनुसन्धानको क्रममा रहेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।
“शिक्षक नियुक्ति, दिवा खाजा, भवन निर्माणलगायत विषय समेटिकएका शिक्षाका उजुरी सबैभन्दा बढी आएका छन्,” उहाँले भन्नुभयो, “त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तरगत २६३ उजुरी परेका थिए । त्यस्तै, वन तथा वातावरणका १०५, उर्जा, जलस्रोत तथा सिंचाईका ५७, स्वास्थ्य तथा जनसंख्याका ४८, भौतिक पूर्वाधार तथा यातायातका ४२, खानेपानीका ३६ र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तरगत २४ उजुरी परेको उहाँले बताउनुभयो ।
कूल उजुरीमा सबै भन्दा कम अर्थ मन्त्रालयअन्तरगत भने एक उजुरी परेको जनाईएको छ । प्रदेश सरकार भन्दा स्थानीय सरकारका विकास गतिविधिमा भएका अनियमितताका उजुरी धेरै परेको प्रमुख सुवेदीको भनाई छ । जिल्लागत रुपमा सुर्खेतमा २०१, दैलेखमा १६८, जाजरकोटमा १२७ कालीकोटमा ९१ मुगुबाट ८२, सल्यानबाट ७७, जुम्लाबाट ७४, रुकुम पश्चिमबाट ६२, हुम्लाबाट ४९ र डोल्पाबाट २८ गरी ९६३ उजुरी परेका थिए ।
सार्वजनिक प्रतिवेदन अनुसार चिठी पत्रबाट ९२७, ईमेलबाट १५, पत्रपत्रिकाबाट १८, फेसबुकबाट दुई र फ्याक्सबाट एक उजुरी परेका थिए । आयोगले फछ्र्यौट ५५२ उजुरीहरु मध्य तामेली १९४, एकीकरणका २२६, लेखी पठाएका ४४, विस्तृत अनुसन्धानका ६६, आयोगको अन्य महाशाखा तथा कार्यालयमा छानबीनका लागि प्रेषित गरेका १९ र अन्य निकायमा पठाएका ३ उजुरीहरुको पनि अभिलेखीकरण गरेको छ ।
चार रङ्गेहात पक्राउ, ११ विरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आव.२०७५÷०७६ मा चारजनालाई रङ्गेहात पक्राउ गरेको र ११ जनामाथि आरोपपत्र दायर भएको बताएको छ ।
आयोगको सुर्खेतस्थित कार्यालयले इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले रु.१५ हजार, चौफा सब डिजिभन वन कार्यालय चौरजहारी रुकुमका फरेष्टर महेन्द्र बिसीले रु.सात हजार, शिक्षा विकास समन्वय एकाई सल्यानका प्रमुख धनबहादुर ओलीले रु.२५ हजार र डिभिजन वन कार्यालय कर्णाली प्रदेश सुर्खेतका वन अधिकृत भक्तबहादुर लामाले रु.चार लाख घुस लिँदै गरेको अवस्थामा रङ्गेहात पक्राउगरी कारवाही प्रक्रिया अघि बढाएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।
त्यस्तै, साना तथा मmौला कृषक आयस्तर वृद्धि आयोजना नेपालगञ्ज बाँकेका तत्कालीन् अनुगमन तथा मूल्याङ्कन अधिकृत देवराज भुसाल, कृषि प्राविधिक मोतिप्रसाद न्यौपाने, अदुवा उत्पादन उपआयोजना कृषक समुहका अध्यक्ष रामकुमारी केसी, शिक्षा विकास तथा समन्वय एकाइृ सल्यानका प्रमुख धनबहादुर ओली, जनता मावि राम्नाकोट खार्दु कालीकोट तत्कालिन् प्रधानाध्यापक जयलाल न्यौपानेलगायत ११ जनाविरुद्ध रु.३१ लाख ९२ हजार १५६ विगो दावीसहित आरोपपत्र दायर गरिएको अख्यितार सुर्खेतले जनाएको छ ।
अख्तियारका अनुसार रु.२२, लाख २२ हजार ५२५ असुल उपर गरिएको छ । सीमित जनशक्ति, साधन र स्रोतको प्रयोगले बिगत वर्षहरु भन्दा आव.२०७५÷०७६ मा अख्तियार सुर्खेतले ४४१ स्थलमा अनुसन्धान टोली पुगेर निरीक्षण गर्नु ठूलो उपलब्धि रहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्