OnlinePana

आज : २०८१ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

आगोले तीन करोड क्षेति, घटनास्थलमै रु १५ लाखको राहत

संघीय सरकार प्रशासन विपत कोषको रु पाँच लाख ३० हजार नगद :

कोरपाटी संवाददातामाघ १६, २०७७काठमाडौं
५७५ पटक

खलंगा माघ १६ गते । आगोले बस्ति नै नष्ट भएको जुम्लाको गुठीगाउँमा रु तीन करोडको क्षेति भएको छ । ३२ घर, गाई गोरु र भेडाबाख्रा गरी ६४ नष्ट भएका र अन्य अन्नपानी लत्ताकपाडा गरी रु तीन करोड क्षेति भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।

यसैगरी तिला गाउँपालिका ७ गोठीगाउँका अग्नि पीडित लाई प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाले गाउँमै पुगेर राहत वितरण गर्नुका साथै घटनाको सत्य तथ्य अवलोकन गरेको छ ।

कर्णाली प्रदेश सरकारले घटना स्थलमै रु ५ लाख गाउँपालिकालाई उपलब्ध गराएर आवश्यक राहात सामग्री उपलब्ध गराएको छ । आगलागीबाट विस्थापित अग्निपीडितहरुको अवस्था र राहात लिएर त्यहाँ पुगेको आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीको टोली अवलोकन र राहत वितरण गरेर सुर्खेत फकिएको छ ।

प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरबाट ओढ्ने ओछ्याउने न्यानो कम्बल र कपडा, पाल, भाँडाकुडा, खाद्य वस्तुका लागि दाल चामल, नुन तेल लगायतका राहत सामग्री लिएर त्यहाँ पुगेको थियो । यसका साथै हेलिकोप्टरले जिल्लाको राहात समेत त्यहाँ पुरयाएको छ ।
घटनास्थल पुगेर प्रत्यक्ष अवलोकन गर्नुभएका मन्त्री भण्डारीले अवस्था निकै दर्दनाक रहेको बताउनुभयो । घर सबै पूर्णरुपले ध्वस्त भएका छन् । पीडितहरुको आवास निर्माणका लागि आवश्यकका लागि पहल गर्नेछु,, उहाँले भन्नुभयो, पीडितहरुका लागि सहयोग गर्न सबै सरोकारवालाहरुलाई अनुरोध गर्दछु । यसैगरी आगलागीबाट घाईते तीन महिलाहरुलाई उपचारका लागि हेलिकोप्टरमै सुर्खेत ल्याईएको उहाँले बताउनुभयो ।

संघीय सरकार प्रशासन विपत कोषको रु पाँच लाख ३० हजार नगद :
आगोेले सखाप भएको बस्तिमा संघीय सरकारको माताहतमा रहेको जिल्ला प्रशासन कार्यालय बिपत व्यवस्थापन कोषबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली दैलोमा गएर नगद रु पाँच लाख ३० हजार उपलब्ध गराएको छ । यसैगरी गैरसरकारी संस्था महासंघ नेपालले समेत राहात उपलब्ध गराएको छ ।

कानून मन्त्री भण्डारी सहित प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहितको टोली हेलिकोप्टरमा घटनास्थलमा पुगेर घर जलेका पाँच परिवार भन्दा माथीकालाई रु २० हजारको दरले र पाँच परिवार भन्दा कम घरका व्यक्तिलाई रु १५ हजारका दरले पाँच लाख ३० हजार घटनास्थलमा नगद राहात दिईएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेतिको अवलोकन गरेर फर्किएको र त्यहाँ तत्काल बस्न केही टेन्ट दिईएको र अन्य माग गर्न पहल गरिएको छ । स्थानीय प्रशासनले राहत रु एक लाख छ हजारको ज्याकेट, १० त्रिपालउपलब्ध गराईएको बताउनुभयो ।

सांसदको तलब अग्निपीडितलाईः

घटनास्थलमा पुगेका कर्णाली प्रदेशका सांसद पदमबहादुर रोकायाले एक महिनाको तलब अग्नि पीडितलाई उपलब्ध गराउनु भएको छ । बिहीबार अग्नि पीडितलाई गाउँमै पुगेर सांसद रोकायाले एक महिनाको तलब दिनु भएको हो । एक महिनाको तलब स्वरूप आउने ४२ हजार रुपैयाको राहात सहयोग गरेका हुन् ।

स्थानीय प्रशासनले रु ६ लाख ३६ हजार, प्रदेश सरकारको रु पाँच लाख, सासंद पदम रोकायाको रु ४२ हजार, गैसस महासंघ र अन्य सहयोगी सहितको गरि करिब १५ लाखको राहात उपलब्ध गराईएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्