OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १३, २०७७काठमाडौं
१३२९ पटक

२०७७ माघ १३ गते

जुम्लाका तिला गाउँपालिका ७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मिति २०७७ माघ १३ गते गुठी भन्ने गाउँमा अचानक आगलागी भएको र त्यहाँ पुगको प्रहरीले २५ घर जलेको जानकारी गरेको छ ।

आगलागिको खबर पछि प्रहरी निरिक्षक नविन थापा मगरको कमाण्डमा १५ जना र प्रहरी चौकी रारालिहीबाट प्रहरी नायव निरीक्षक झुपेन्द्र बहादुर शाहीको कमाण्डमा ३ जनाको र प्रहरी चौकी कुडारीबाट प्रहरी जवान नरेन्द्र देउवाको कमाण्डमा ३ जनाको टोली खटिई गएकोमा २५ घर जलि नष्ट भएको भन्ने खवर प्राप्त भएको बताईएको तथा मानविय क्षेती भने नभएको जानकारी गरिएको छ ।

यसैगरी पशुचौपाया २०,२५ को जलि मृत्यु भएको र अहिले आगो नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यूवन कुमार चौधरीले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

उहाँका अनुसार अन्य क्षेतीको बिवरण नखुलेको तथा घटनास्थल जिप्रका जुम्लाबाट ३५ कि. मि.पश्चिम रहेको छ ।
यस अघि स्थानीयले ३५ बढि घर जलिसकेको बताएका थिए । प्रहरीले आफ्नो आधिकारिक सूचनामा भने २५ घर जलेको बताएको छ । अहिले आगो नियन्त्रण प्रयास भईरहेको छ ।

चुलोबाट सल्कियो आगो :

स्थानीय परवहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाईपबाट छतमा भएको घासमा आगो सल्केको र गाउँभरी सरेको आगो सरेको थियो । गाउँलेहरु आगो निभाउदा थाकिसकेपनि नियन्त्रण हुन सकेको छैन् ।

प्रतिकृया दिनुहोस्