OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १२, २०७७सुर्खेत
७१२ पटक

 

१२ माघ २०७७, सोमबार

गृहमन्त्री रामबहादुर थापा बादलले सर्वोच्च अदालतले संसद विघटनको मुद्दामा नेपाल सरकारकै पक्षमा निर्णय गर्ने बताउनुभएको छ ।

आज प्रधानमन्त्री ओली समुहले कालीकोटको सदरमुकाम मान्म खाँडाचक्रमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्न आईपुग्नुभएका गृहमन्त्री थापाले अदालतले संसद विघटनको पक्षमा निर्णय गर्ने बताउनुभएको हो । संसद विघटन भएर मुलुक निर्वाचनको माहोलमा गईसकेकोले अब देशका १६५ वटा निर्वाचन क्षेत्रहरुलाई आन्दोलनका केन्द्र बनाएर अघि बढ्न कार्यकर्ताहरुलाई उहाँले निर्देशन दिनुभयो ।

निर्वाचन कार्यालय हिजो नेकपाको विकल्प नहुने भनिसकेकोले प्रधानमन्त्री ओली नै त्यसको आधिकारिक अध्यक्ष र चुनाव चिन्ह पनि आफ्नै हुने जिकिर गर्नुभएका उहाँले करोडौं जनताको बीचमा एकता गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता, भौगोलिक अखण्डता र सार्वभौमिकताको सन्देश लिएर चुनाव जाने बताउनुभयो ।

अवसरवादीहरुलाई जसरी भएपनि पाखा लगाएर छाड्ने र नाङ्गेझार पार्ने चेतावनी पनि गृहमन्त्री थापाले दिनुभयो । “मध्यावधि निर्वाचन ठूलो आन्दोलन र संघर्ष हो,” उहाँले भन्नुभयो, “यो यसलाई सम्पन्न गरेर मात्र मुलुकमा विकास र समृद्धि ल्याउन सकिन्छ ।”

त्यसको साथै उहाँले परिवर्तन, समृद्धि र देशको राष्ट्रिय स्वाधिनताको पक्षमा सबैलाई लाग्न उहाँले गर्नुभयो । कालीकोटका जनताले विगतको परिवर्तनमा पनि ठूलो भूमिका खेलेको स्मरण गर्दै उहाँले आगामी हुने चुनावमा पनि विजय हाँसिल गरेर जनताका अपेक्षित सपना पुरा विश्वास दिलाउनुभयो ।

प्रतिकृया दिनुहोस्