OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ९, २०७७सुर्खेत
७२६ पटक

 

९ माघ २०७७, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी माधव–प्रचण्ड समूहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयदेखि केन्द्रीय समितिको बैठक सामना गर्न नसकेको बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीले हरेक बैठबाट भाग्ने काम गरेको जनाउनुभयो । उहाँले भन्नुभयो, प्रधानमन्त्री ओलीमा न सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको बैठकमा बस्न सक्ने आँट रह्यो नत पार्टीको विधि र पद्धति मान्नुभयो ।

ओलीको अहंकारले आज मुलुकमा यो समस्या आईलागेको र संविधान तथा पार्टीको विधान नै मिचिएको अध्यक्ष नेपालले दोषारोपण गर्नुभयो । नेकपाको ४३४ सदस्यहरुमा ३१५ सदस्य आफूतिर रहेको दावी गर्दै उहाँले बहुमत सदस्य संख्या आफ्नो पक्षमा भएकोले नेकपा र सूर्य चिन्ह आफ्नो हुने दावी गर्नुभयो ।

पत्रकार सम्मेलनमा उहाँले कर्णाली जाग्दा देश नै जाग्ने बताउनुभयो । संसद विघटन र प्रतिकारी कदमका विरुद्धमा कर्णालीमा उर्लेको भेलले मुलुकलाई जगाउने जिकिर गर्दै मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको जनाउनुभयो ।

बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको अपितु, प्रधानमन्त्री ओलीको यो कदम असंवैधानिक र अलोकतान्त्रिक भएको उहाँले तर्क गर्नुभयो । संसद विघटनको विषयमा सर्वोच्च अदालत र दल आधिकारिकताको सवाल निर्वाचन आयोगमा विचाराधिन अवस्थामा बाहिरबाट बोल्नुको औचित्य नहुने उहाँको भनाई थियो ।

“एकातिर ओलीको अहंकारले देश संकटतर्फ धकेलिएको छ भने अर्कोतर्फ नेकपा विभाजन भएको छ,” अध्यक्ष नेपालले भन्नुभयो, “यसले नेपाली जनतामा निराशा छाएको छ । यसर्थ, नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकतावद्ध भएर प्रतिगमनकारी कदम विरुद्ध लड्नुपर्ने बेला आएको छ”

विधिसँग अघि बढौं भन्दा पदलोभी भनेर भ्रम छर्न खोजिएको भन्दै उहाँले बालुवा पेलेर तेल ननिसक्ने टिप्पणी गर्दै पार्टीको विधि, पद्धति र विधान भन्दा माथि कोही नहुने र बहुमतले जे गर्छ त्यही हुने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्