OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ८, २०७७सुर्खेत
९६३ पटक

८ माघ २०७७, बिहीबार

नेकपा कर्णाली प्रदेशका सहईञ्चार्ज एवं कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित माधव–प्रचण्ड समूहको भेलालाई सम्बोधन गर्दै उहाँले एकताबद्ध भएको पार्टीलाई प्रधानमन्त्री ओलीले विभाजनको मुखसम्म पुर्याएर मुलुकलाई संकटतर्फ धकेलेको आरोप लगाउनुभयो ।

सहईञ्चार्ज ज्वालाले भन्नुभयो, ‘आगामी चुनावमा ओली समूहले चुनाव चिन्ह बयलगाडा र झण्डामा बाँदर अंकित चिन्ह लिएर आउनुभए हुन्छ किनभने उहाँले बाँदरे प्रवृत्ति देखाउनुभएको छ ।’

जनताको शक्तिको अघि कुनै तानाशाह टिक्न नसक्ने भन्दै ओली समुहले आगामी चुनावमा केपी शर्मा शून्य सिट प्राप्त गर्ने उहाँले जिकिर गर्नुभयो र थप्नुभयो, ‘चुनावपछि प्रधानमन्त्री ओली समूहलाई टर्च लगाएर खोज्नु पर्छ । हामी प्रतिगमनलाई ढालेर छाड्छौं ।’ केपी ओली समुह अब आधाकारिक बन्न नसक्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्