OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ८, २०७७सुर्खेत
१०५८ पटक

 

८ माघ २०७७, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समुहका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसद पुनःवहाली हुने बताउनुभएको छ ।

नेकपा माधव–प्रचण्ड समूह सुर्खेतद्वारा संसद विघटन विरुद्ध कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतस्थित आयोजित विरोध–सभा भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भंग गरिएको बताउनुभयो । “संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक छ जसको सबैतिर विरोध हुँदै आएको छ,” उहाँले भन्नुभयो, “अब संसद पुनःवहाली हुन्छ ।”

प्रधानमन्त्री ओलीको संसद विघटन प्रतिगामी कदम भएको आरोप लगाउँदै उहाँले मुलुक संकटतर्फ धकेलिएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले अगाडि भन्नुभयो, “केपीले मनपरी शासन चलाउने थाले । नेकपाको सरकारको पालामा भ्रष्टाचार, बलात्कार, हिंसा जस्ता घटनाहरु बढ्ने जाँदा खबरदारी गर्न खोज्यौं तर उनी पार्टीका नेतामाथि बदलाव भाव राखेर आज यो ठाउँमा ल्याईपुर्याए ।”

“ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको म आफैले हो । सुध्रिएलान् भनेको सुधार्न सकिएन,” उहाँले थप्नुभयो “कस्तो मान्छेलाई प्रधानमन्त्री चुनिएछ जस्तो लाग्छ ।” ओलीले आफ्नो कुर्सीको आयु लम्ब्याउन प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै उनलाई प्रधानमन्त्री बनाएर अहिले पुर्पुरोमा हात राख्नुपर्ने अवस्था आएको उहाँको भनाई थियो ।

पार्टीमा नेतृत्व नभई नीति प्रधान हुने पूर्व महासचिव पुष्पलालको भनाईलाई उद्रित गर्दै अध्यक्ष नेपालले पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्यसमेत रहन नसक्ने भएकोले ओलीलाई साधारण सदस्य नरहने गरी पार्टीले निस्कासन गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई गणतन्त्र विरोधी भएको समेत आरोप लगाउनुभएको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री एवं नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्माले कर्णालीमा केपी ओलीको पक्ष नभएको बताउनुभएको छ । देशको सबैभन्दा गरिब प्रदेशको रुपमा रहेकाले कर्णालीको समृद्धिका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न नचाहेकाले कर्णालीमा ओली पक्ष नभएको नेता शर्माको दावी थियो ।

उहाँले अगाडि थप्नुभयो ‘प्रचण्डको भ¥याङ चढेर प्रधानमन्त्री बनेका ओलीले त्यही भ¥याङ भाँचिदिएका छन्, । ओालीले सोझो प्रचण्डलाई दिनुसम्म दुःख दिए । उनका कामबाट वाक्क दिक्क भएर त्यसको प्रतिवाद गर्न सडकमा निस्किएका हौ ।’ ओलीले आफ्नो कुर्सीको आयु लम्ब्याउनको लागि प्रतिनिधिसभा विघटन गरेको उहाँको टिप्पणी थियो ।

‘केपी ओलीमा सामूहिक भावना नभएको र उनी व्यक्तिवादी, गुटवादी प्रवृत्तिका मान्छे को रुपमा उभिएको नेपालले आरोप लगाए । ‘यस्ता व्यक्ति कम्युनिष्टका नेता हुन सक्दैनन्’ उहाँले भन्नुभयो, ‘केपी ओली कम्युनिष्ट होइनन् उनले चुनाव चिन्ह सूर्य होइन अस्ताउँदो सूर्य चिन्ह लगे हुन्छ।’

ओलीको कदम असंवैधानिक भएको बताउँदै उनले अदालतले नै यसको टुंगो लगाउने भन्दै केपी ओलीलाई टाटाबाइबाइ गर्ने बताएका छन् । अत्यधिक ठूलो बहुमत आफूहरुसँग भएको भन्दै उनले ओली अल्पमतमा परिसकेका बताए ।

‘कर्णालीको डोल्पामा पुल छैन, हुम्लामा सडक छैन, ओलीले कर्णालीलाई अधिकार दिएनन्, बजेट पनि दिन चाहेनन्, त्यही कारण कर्णालीमा ओलीका पक्षधर छैनन् ।’ देशमा अथाह सम्पत्ति भए पनि त्यसलाई बेवास्ता गरेर ओलीले विदेशी लगानी भित्र्याउन चाहेको उहाँले बताउनुभयो । ओलीलाई श्रीपेच लगाएर राजा बनाउने पक्षमा नेपाली जनता नभएको उहाँको भनाई थियो ।

त्यस्तै अर्का स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले ओलीको प्रतिगामी कदमले नेपाली नागरिकको सपनामा गम्भीर प्रहार भएको बताउनुभयो । नेता बस्नेतले ओलीको असंवैधानिक कदमका विरुद्ध सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाका कर्णाली प्रदेश सहईञ्चार्ज एवं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्री केपी शर्मा ओलीको बाँदरे प्रवृृतिले पाटीलई विभाजनको मुखसम्म पुर्याएको आरोप लगाउनुभयो ।


सभामा नेकपाका कर्णाली प्रदेश सहईञ्चार्ज कालीबहादुर मल्ल, महिला नेत्रीहरु बिमला केसी तथा सीताकुमारी नेपालीले ओलीको असंवैधानिक कदमका कारण आफ्नै नेताका विरुद्ध सडकमा आउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाउँदै प्रधानमन्त्री तथा राष्ट्रपतिले संविधानमाथि नै बलात्कार गरेका आरोप लगााउनुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्