OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २८, २०७७सुर्खेत
५९० पटक

 २८ पुस २०७७ मंगलबार

मध्यपश्चिमाञ्चल विश्वविद्यालय उपकुलपति प्राडा.नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने हेल्मेट शिक्षक र उदण्ड विद्यार्थीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

मप विश्वविद्यालयले सोमबार ७ बजे कर्णालीका पत्रकारहरुसँग गरेको भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति प्राडा.सिंहले आफू एक घण्टा नपढाउने र विद्यार्थीहरुलाई मप विश्वविद्यालयको नेतृत्वविरुद्ध जुलुस गर्न लगाउन केही खराब प्रवृतिका शिक्षकहरुका कारण यो समस्या आएको बताउनुभयो । उहाँका अनुसार विश्वविद्यालयको १०औं सिनेटले यहाँ अध्यापनरत शिक्षकहरुलाई सात घण्टा पढाउने निर्णय गरिसकेको छ ।

यही पुस २६ गते मौका परीक्षा दिन पाउनुपर्छ भन्दै मध्यपश्चिम ईञ्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीले उपकुलपतिको कार्यकक्ष तोडफोड गरेपछि पत्रकार सम्मेलन गर्नुभएका उहाँले सो घटनामा संलग्न उदण्ड विद्यार्थी र नियोजित ढंगले विद्यार्थी उक्साउने शिक्षकहरुलाई चिनिसकिएको जनाउँदै उहाँले सार्वजनिक सम्पतिमाथि तोडफोड गर्नेलाई सार्वजनिक मुद्दा लगाउने बताउनुभयो ।

“यहाँ केही क्याम्पस प्रमुखले नै कुनामा बसेर हुलदंगा गर्न विद्यार्थी उक्साएका छन्,” उहाँले भन्नुभयो, “नपढ्ने विद्यार्थीका माग र गलत योजना बनाउने शिक्षकलाई तह लगाएरै छोडिन्छ ।” मध्यपश्चिम विश्वविद्यालयलाई दुहुनो गाई बनाएर रु.७६ करोड बेरोजु लगाउने मान्छेहरुले नै यसलाई अस्तव्यस्त बनाएको र शैक्षिक उन्नयन देखि नसहनेहरुले योजनावद्ध तरिकाले घटना घटाउने खोजेको उहाँको आरोप थियो ।

उहाँले अगाडि भन्नुभयो, “व्यवहारिक माग भए त्यसको समाधान र सुनुवाई गर्न २७ समिति बनाईएको छ । वार्तामा आउनुस्, हुने कुरा हुन्छ र नहुने कुरा हुँदैन हामी प्रष्टताका साथ भन्छौं । तर कुनैपनि गलत कुरामा सम्झौता हुँदैन ।” मध्यपश्चिम ईञ्जिनियरिङ क्याम्पसले मप विश्वविद्यालयको बेईज्जत गरेको टिप्पणी गर्दैै उपकुलपति प्राडा.सिंहले त्यस्ता काममा संलग्न शिक्षकहरुलाई सार्वजनिकरुपमा पदमुक्त गर्ने चेतावनी दिनुभयो ।

बिहान ६ः०० बजेदेखि दिउसो १२ः०० बजेसम्म क्याम्पस प्रमुख नै त्यस्ता कार्यमा लागेको उहाँको दोषारोपण थियो । उपकुलपति प्राडा.सिंहले मप विश्वविद्यालयमा अध्यापन शिक्षकहरु नै तोडफोड गराउने र मपका विद्यार्थी भड्काएर नीजि कलेजमा भर्ना गर्न लगाउने शिक्षकहरुको विवरण आईसकेको प्रष्ट्याउँदै सम्मेलनमार्फत त्यस्ता गलत शिक्षकहरुलाई बेलैमा सुध्रिन अन्यथा कारवाहीको भागिदार हुनेपर्ने चुनौति दिनुभयो ।

उहाँले १६–३२ विषय लागेका विद्यार्थीलाई माग सम्बोधन नहुने र थर्काएर काम गरिन्छ भन्ने हिजोको गलत नजिर तोडेर देखाइदिने समेत दावी गर्नुभयो । दोहोर काम गरेर विश्वविद्यालय ध्वस्त गर्ने सबैखाले गल गतिविधि र त्यसमा संलग्न व्यक्तिहरुको नजिकबाट अध्ययन भईरहेको विश्वविद्यालयले जनाएको छ ।

आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने धारणा राख्दै आउनुभएका उहाँले हिजोदेखि थन्किएका विद्यार्थी र यहाँबाट विद्यार्थी भड्काएर नीजि विद्यालयमा भर्ना गर्ने शिक्षकहरुले हुलदंगा तालाबन्दी गर्न खोजेपनि विश्वविद्यालयलाई तालारहित बनाउने जनाउनुभयो । सहि गर्दा गलत भयो भनिए जनताको बीचमा आउने पनि उहाँको भनाई थियो ।

त्यही सन्दर्भमा नेपाल सरकारको साझेदारीमा सञ्चालित योगी नरहरिनाथ मुनाफारहित संस्था भएको र ३० प्रतिशत कम शुल्क तिरेर विद्यार्थी पढ्दै आएको उहाँको प्रष्टिकरण थियो । उत्तेजित भएर गोली चलाएको भन्ने आरोप गलत भएको भन्दै सहि भए प्रमाणित गर्न उहाँले सुझाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्