

खलंगा असार २२ गते । नेत्र विक्रम चन्द(विव्लव) नेपाल कम्युनिष्ट पार्टीका जुम्ला जिल्ला इन्र्चाज ४० बर्षीय चन्द्रविर तिरुवा (रविकरण) रिहाई भएका छन् ।
सिञ्जा गाउँपालिका – २ निवासी चन्द्रविर तिरुवालाई रु ३ हजार धरौटीमा रिहाई गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो । उहाँलाई जुम्ला प्रहरीले पक्राउ गरेको २५ दिनपछि रिहाई गरिएको छ ।
गत जेठ ३० गते घरबाट प्रहरीले पक्राउ गरिएको र असार २२ गते आईतवार रिहाई गरिएको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक रिजालका अनुसार आवश्यक अनुसन्धानका लागि चन्द्रविरलाई पक्राउ गरिएको थियो ।
“चन्द्रविर मुटु र पत्थरीका बिरामी ः ”
यता रिहाई भएका बिप्लब नेकपा जिल्ला ईन्चार्ज चन्द्रविर तिरुवाले लामो समय देखी विरामी छन् । पत्थरी र मुटुको रोगी भएकाले समस्या भईरहेको उहाँले जानकारी दिनुभयो । एकातिर बिरामी र अर्कोतिर हिरासतको बसाईमा थप समस्या हुने गरेको पत्रकारहरुलाई चन्दरिवरले पत्रकारहरुलाई गुनासो गर्नुभयो । उहाँले अव आफु उपचारमा केन्द्रित हुने बताउनुभयोे ।
यस अघि चन्द्रविर काठमाडौँको सुन्धाराबाट पक्राउ भई २४ दिन टेकु हिरासत र १२ दिन केन्द्रीय कारागारमा बसेर जिल्ला फर्किएका थिए । जिल्ला अदालत काठमाडौँमा रु ६० हजार धरौटी तिरेर जेठ १ गते रिहा भएका उहाँलाई जुम्ला प्रहरीले दोस्रो पटक पक्राउ गरि रिहाई भएका थिए ।
क्याप्सन ः बिप्लवका जिल्ला ईन्चार्ज चन्द्रविर रिहाईपछि तस्बिर नेत्र शाही जुम्ला ।