OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २६, २०७७जुम्ला,
७०० पटक

जुम्ला, नेकपा प्रचण्ड– माधव निकट पक्षले संविधानको वाचन कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेकपाका नेता तथा अधिबक्ताहरुले संसद विघटन बिषयको धाराका बिषयमा वाचन तथा तर्क गरेका थिए ।
अधिबक्ता नन्दबहादुर खत्रीले प्रधानमन्त्रीको सिफासिमा राष्ट्रपतिबाट संविधानको जुन धारामा जुन तरिकाले टेकेर संसद विघटन गरिएको छ । त्यो संवैधानिक नभएको बताउनुभयो ।

उहाँले संविधानमा सिधै संसद विघटन गर्ने नभएको भन्दै सरकार बनाउन नसकेमा कठिन भएमा मात्रै कदम चाल्न सकिने तर सिधै संसद विघटन गर्न नसकिने तर्क गर्नुभयो । नेकपा प्रचण्ड माधव पक्षले गरेको कार्यक्रममा अधिबक्ता खत्रीले संविधानको धारा र मर्मले संविधानमा संसद विघटनको व्यवस्था नभएको तर्क गरेका छन् ।

राष्ट्रिय स्तरमा धेरैजसो अधिबक्ताहरुले समेत प्रधानमन्त्रीले ससद विघटन गर्न संविधानमा व्यवस्था नभएको तर्क गरेका छन् । नेकपा प्रचण्ड माधव समुहले जुम्लाको मुख्य बजारको कृष्ण मन्दिरमा गरेको संविधानको वाचन कार्यक्रममा जिल्ला अध्यक्ष बिरबहादुर कुँवरले ससद विघटन प्रधानमन्त्रीको सनकमा गर्न सकिने व्यवस्था नभएको तर्क गर्दै संविधानको हत्या गर्ने प्रयास गरेको आरोप लगाउनुभयो ।

उहाँले जनताले पाँच बर्षका लागि दिएको मतको अपमान प्रधानमन्त्रीले गरेको बताउनुभयो । नेकपा प्रचण्ड माधव पक्षले गत पुस ५ देखी निरन्तर आन्दोलनमा रहेको छ ।

यता नेकपा ओली पक्षले समेत देशभर विभिन्न कार्यक्रमहरु अगाडि बढाएको छ । जुम्लामा पनि पुस २१ गते जुम्लामा पनि शक्ति पर्दशन गरेको थियो । यता नेपाली कांग्रेसले पनि पुस २५ गते देशका सवै निर्वाचन क्षेत्रमा संविधान विघटन विरुद्धमा आफ्नो विरोध कार्यक्रम गरेको छ ।

प्रतिकृया दिनुहोस्