OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २१, २०७७जुम्ला,
५३८ पटक

    जुम्ला  पुस २१ गते। प्रधानमन्त्री केपि  शर्मा् ओली पक्षीय नेकपाका नेता र कार्यकर्ताले मंगलबार जुम्लामा शक्ति प्रर्दशन गरेेेका छन् । निर्माण व्यवसायी संघबाट निकालिएको ¥याली बजार परिक्रमा गर्दे बालमन्दिरमा पुगेको थियो । परिक्रममा क्रममा नेताहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, जस्ता नारा लगाएका छन् ।

उक्त भेला कार्यक्रमलाइ संवोधन गर्दै पुर्वराज्य बलवहादुर महतले ओली जनताको प्रधानमन्त्री भएको बताउनु भएको छ । पुर्व प्रधानमन्त्रीहरुले गुमाएको नेपाली भुमी फिर्ता ल्याउने काम ओलीले गरेको उहाँले दाबि गर्नु भएको छ । सकल्ली नेकपा ओली पक्षधर भएको उहाँँको भनाइ छ । देश र जनताको चाहाना अनुसार चल्न खोजेको भन्दै ओलीलाइ अगाडी बढ्न नदिएको उहाँले बताउनु भयो । यस्तै नेकपाका केन्द्री सदस्य धिरेन्द्रराज गिरीले सुर्य चिन्हृ ओलीको पक्षमा हुने ठोकुवा गर्नु भएको छ ।प्रचण्डले बलियो एमालेको संगठनलाइ भत्काउन खोजेको जानकारी दिनु भएको छ । माधव कुमार नेपालको टाउकोमा टेकेर पुष्पकमल दाहालले सरकार संग बखेडा झिकेको स्पष्ट पार्नु भएको छ । गाइलाई घास हालेर मुख बाध्ने काम पुर्व एमालेबाट भएको गिरीले जानकारी गराउनु भयो ।                                        अर्का केन्द्रिय सदस्य शान्तिलाल महतले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचन ओली पक्षधर देशभरी पहिलो हुने निश्चित भएको बताउनु भयो । प्रचण्ड संग तानाशाही र परिवार मुखी व्यवहरले गर्दा पार्टी फुटाउन खोजेको महतले आरोप लगाउनु भयो ।                            केन्द्रिय सदस्य तथा तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले नेपालकै पहिलो राजनेता ओली भएको प्रमाणीत भएको जानकारी गराउनु भयो । भारतीय विस्तारवाद विदेशीको इसारामा चल्ने भरौटे हरुको लागि ओली सरकार लागेको उहाँले जानकारी दिनु भयो ।

कर्णाली प्रदेश कमिटि सदस्य मेनका पछाइले  प्रचण्डले देशको नाममा कुनै काम गर्न नसकेको बताउनु भयो । दिगोविकासका कामहरु ओली सरकारले गर्दै आइरहेको बेला अन्तरविरोधी तत्वहरुले गर्न नदिए पछि संसद विघटन भएको उहाँले जानकारी दिनु भएको छ ।        यस्तै कर्णाली प्रदेश कमिटि प्रदेश सदस्य प्रेम वहादुर बुढा, अनेरास्वीयुका केन्द्रिय सदस्य धिरज जैशी, युवा संघ नेपाल जुम्लाका संयोजक अमरवहादुर रोकायाले आउने निर्वाचनमा पहिलो हुनका लागि संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाइ निर्देशन दिनु भएको छ ।  यस अघि प्रचण्ड माधव नेपाल पक्षले पुस १४ गते शक्ति प्रदर्शन गर्दै संसद विगठनकाे बिरूद्दमा शक्ति प्रदर्शन गरेकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्