OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २०, २०७७ जुम्ला,
५५४ पटक

पुस २० गते । कर्णाली राजमार्गको बालीघाटमा ठुलो ढुँगा खसेपछि सडक अवरोध भएको छ । आइतबार राती बाट आएको वर्षा सहितको हिमपातका कर्णाली राजमार्गको बालीघाटमा ठुलो ढुंगा खसेको हो ।

सड्कमा ढुंगा खसेपछि यात्रुलाइ आवतजावत गर्न समस्या भएको छाप्रे प्रहरी चौकीका असई खगिराम थारु मगरले जानकारी दिनुभएको छ ।

माथि बाट खसेको ढुंगाले एक स्थानीयको घर भत्काएको असई थारुमगरले बताउनु भएको छ । सडक अवरोधका कारण जुम्ला– सुर्खेत र सुर्खेत–जुम्ला आउने जाने ठुला तथा साना सवारी साधनहरुको रोकिएको र समस्या भएको जुम्ला देखि सुर्खेत जानु भएका जुम्लाका यात्रु जयशंकर धितालले जानकारी दिनुभयो ।

यता डिभिजन सडक जुम्लाले आवश्यक मेशिन सहित जनशक्ति सो क्षेत्रमा पठाएको डिभिजन प्रमुख लिलाबहादुर भण्डारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्