OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १७, २०७७काठमाडौं
४३९ पटक

काठमाडौं : सत्तारुढ नेकपाका राष्ट्रियसभाका दलका नेता दिनानाथ शर्माले नेकपा फुट्दा आफ्नो मुटु चिरिएको बताएका छन्।  आजबाट सुरु भएको सातौँ अधिवेशनमा बोल्दै उनले नेकपा भित्र उत्पन्न स्वार्थका कारणले प्रतिनिधिसभा विघटन हुन पुगेको पनि बताए।

‘मेरो राजनीतिक इतिहासको ५५, ५६ वर्षको अनुभव र अहिलेसम्मको यात्रामा पार्टी एकता भएर नेकपा बन्दा खेरी सबैभन्दा खुसी थिएँ। सायद सबै नेपाली जनता खुशी थिए, खुशी नहुने कोही थिएन। नहुने केही थिए होला त्यो अलगै कुरा हो। निर्वाचनमा खुशी भएको देखिएको थियो। जनमतबाट पनि देखिएको थियो,’ उनले भने, ‘अहिले पार्टी विभाजन हुनै लाग्दा मेरो मुटु चिरिएको मुटु फुटेको अनुभव गरेको छु। यति धेरै पिडा विगतका फुटमा यति दुख पिडा महसुस भएको थिएन। सबै माननीय सदस्यहरुको अनुहार र मुटु छामेको छु, कसैले पनि पार्टी विभाजन सही हो भन्नु भएको छैन। सबैको अनुहारमा मलिनता पढिरहेको छु।’

उनले अहिले नेकपा कुनै सिद्धान्त र दर्शनको आधारमा विभाजन नभई राजनीतिक कारणले मात्र विभाजन भइरहेको बताए। ‘यो पार्टी विभाजन कुनै सिद्धान्त, दर्शनको आधारमा हुन गइरहेको छैन। केबल राजनीतिक कारणले मात्रै पार्टी विभाजन हुन गइरहेको छ। जुन कुरा दुखद् हो,’ उनले भने, ‘हिजो हामी विचार, दर्शन, सिद्धान्त का कारणले विभाजन भएका थियौँ। यस पटकको विभाजन त्यो आधारमा हैन राजनीतिक कारणले भएको छ। राजनीति देशको हितको लागि हुन्छ भने देशको मुहार फेरिन्छ। इतिहासको विभिन्न कालखण्डमा राजनीति राष्ट निर्माणको लागि भन्दा पनि दल भित्र भएका कचिङ्गलका कारण लोकतन्त्र कमजोर भए। दलहरु विखण्डित भएको ठाउँमा लोकतन्त्र कमजोर भएको छ।’

उनले नेकपाको विवाद नेता तथा संसद वामदेव गौतमले मिलाउन सक्ने पनि बताए। राष्ट्रियसभामा गौतमलाई स्वागत गर्दै भने, ‘उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य भएर आउनु भएको छ। यसले यसको गरिमा उँचो राख्न मद्दत दिने छ। उहाँलाई स्वागत गर्दछु । बामदेवजीलाई विभाजन मन परेको छैन। रसायनको काम गर्छु भन्नु भएको छ। उहाँको त्यो अभियान सफल रहोस्। त्यस्तो रसायन र विधि भए उहाँले प्रयास गर्नु हुनेछ।’उनले प्रतिनिधिसभा विभाजन नेकपाको आन्तरिक विवादकै कारण विघटन भएको बताए।

‘पार्टीको आन्तरिक विवादका कारण जनताको प्रतिनिधि हुने संस्था सहिद हुन पुग्यो। यो राम्रो र त्यति सुखद अनुभूति भएको छैन।  अहिलेको सन्दर्भमा जे भयो त्यो राम्रो भएन’ उनले भने।  प्रतिनिसभा विघटन प्रतिपक्षी दलको अर्घेल्याइँका कारण नभएको र नेकपाकै कारण भएको स्वीकार गरे। थाहा खबर

प्रतिकृया दिनुहोस्