OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १५, २०७७
११११ पटक

 

१५ पुस २०७७, बुधबार

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजना गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यहरुको ‘पद तथा गोपनियताको सपथ ग्रहण’ कार्यक्रममा बोल्दै मन्त्री रावलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणको तयारीमा प्रदेश सरकार जुट्ने बताउनुभयो ।

“प्रदेश सरकार अब उक्त खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ,” मन्त्री रावलले भन्नुभयो, यद्यपि “हाम्रा सामु निकै महत्वपूर्ण भूमिका र चुनौति दुवै छन् ।” खेल क्षेत्रमा कार्यरत व्यवसायिक जनशक्ति राम्रो र प्रभावशाली भएकोले यसले आफ्नो क्षेत्रमा केही गर्छ भन्ने पूर्ण आशा गरेको उहाँले बताउनुभयो

उहाँले थप्नुभयो, “आज देखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकुद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ ।” लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यवसायिक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्यहरु नियुक्त गरिसकेकोले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रुपमा सम्पन्न हुने आशा गरिएको उहाँको भनाई थियो ।

मन्त्री रावलले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रंगशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकुद परिषद्सँग पनि छलफल भएको जनाउनुभयो । उहाँले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्