OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही पौष १४, २०७७जुम्ला,
८८१ पटक

खलङ्गा पुस १४ गते । जुम्ला गुठिचौर गाउँपालिका २ निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु निर्मला बुढा र बिष्णुमाया बुढालाई मानव सेवा आश्रममा पुनस्र्थापन गरिएको छ ।

उनिहरुलाई संरक्षणको अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रको पहलमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मानवसेवा आश्रममा तत्कालका लागि पुनस्र्थापन गरिएको हो ।
उनिहरुलाई १२ बर्ष बढिको समयमा जुम्लामा संरक्षण भईरहेको समयमा घरमा संरक्षण गर्न नससक्ने भएकाले अव सुर्खेतमा मानवसेवा आश्रमले संरक्षण शुरु गरेको अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रले जानकारी दिएको छ ।

उनिहरुलाई गुठिचौर गाउँपालिकाले एक जना सहयोगी सहित जहाँजबाट सुर्खेत पठाउन सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले रु १५ हजार तीन जनालाई यातायात खर्च र १० हजारको मानव सेवा आश्रमलाई कपडा वा कुनै सहयोगका लागि गरेर रु २५ हजार सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

आठ बर्ष सम्म स्थानीय चन्दननाथ नगरपालिका ३ निवासी सम्झना शाहीले घरमा उनिहरुलाई संरक्षण गरिरहनुभएको अवस्थामा उहाँ सदरमुकाम वाहिर रोजागारीको सिलसिलामा सिञ्जामा गएकाले संरक्षण अभाव भएको भन्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी सहितको सरोकारवाला निकायहरुको स्थानीय प्रशासनमा वैठकले सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीको समन्वयमा आश्रममा पठाउने निर्णय गरेको थियो । गाउँपालिकाले आवश्यक कागजात पुरयाएर भाडा सहित जहाँजमा सुर्खेत पठाएपछि आश्रममा तत्कालका लागि व्यवस्थापन गरिएको महिला विकास अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । उहाँले सडकमा रहेका मानवहरुको आश्रयको रुपमा स्थापित सो स्थानमा तत्कालका लागि पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु निर्मला र बिष्णुमायालाई पनि राखिएको तर भिन्नै अपाङ्गता अनुकुल संरचना रहेको जानकारी दिनुभयो । उहाँले संरक्षणनै नभएका उनिहरुलाई राख्नुपर्ने अवस्था आएकाले जुम्लावाट यहाँ सम्म पठाउने सवैलाई धन्यवाद दिनुभयो ।

उनिहरुको आमाको निधनपछि १२ बर्ष अघि गुठिचौर गाउँपालिका २ कुडि गाउँका वुवा विरवहादुर बुढाले उनिहरुलाई उपचारका लागि सदरमुकाम ल्याउनु भएको थियो । तत्कालिन समयमा आईएनएफमा छोडेर घर फर्किएका उहाँ फेरी नफर्किएपछि एक पटक स्थानीय प्रशासनले प्रहरी लगाएर पक्राउ गरि उनिहरुलाई जिम्मा लगाएको थियो । तर घरमा अपाङ्गता अनुकुलको बाताबरण नभएपछि फेरी सदरमुकाम ल्याईएको आठ बर्ष संरक्षण गर्नुभएका सम्झना शाहीले बताउनुभयो ।

अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्रका अध्यक्ष नन्दराज धितालका अनुसार तत्कालिन समयमा जिविसको सहयोगमा जिल्लामै पुनस्र्थापना केन्द्र निर्माण गर्ने उद्देश्यले भवन शुरु गरेका थियौ । संघीय संरचना पछि सो भवन अधुरो भएकाले अहिले सडकमा धेरै व्यक्तिहरुलाई पुनस्र्थापन गर्न सकिएको छैन् ।

अध्यक्ष धितालका अनुसार मस्तिक्स पक्षघातको समस्या भएका निर्मला र बिष्णुमाया वाकरको सहायताले सामान्य हिड्ने प्रयास गर्छन । तर शौचालय, कपडा लगाउने काम, सरसफाई देखि दैनिक क्रियाकलपाहरु सहयोगीको भरमा मात्रै काम गर्न सकिन्छ । त्यही अनुसारको शौचालय चाहिन्छ, सहायक सामग्री चाहिन्छन् । उनिहरु जस्तै धेरै व्यक्तिहरु गाउँमा लुकेर बस्न वाध्य भएका तर पुनस्र्थापना केन्द्र नहुदा कठिन भएको बताउनुभयो ।

 निर्मला र बिष्णुमाया जहाँजबाट सुर्खेत जादै तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्