OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
गोविन्द शाही आषाढ १५, २०७६ जुम्ला,
६१५ पटक

खलङ्गा असार १५ गते । रेडियो खुला आकास जुम्ला दोस्रो बर्ष पुरा गरी गरी तेस्रो बर्षमा प्रवेश गरेको छ । पाँच सय किलोवाट क्षमताको रेडियो खुला आकाश ९९.६ मेघाहार्जले एक औपचारिक कार्यक्रम गरी बार्षिक दिवस मनाएको हो ।
दिवसकोे अवसरमा प्रमुख अतिथि तथा संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले राष्ट्र बचाउने र जनतालाई जनचेतना दिने ठूलो माध्याम पत्रकारिता भएकाले पत्रकारहरुले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँले विद्यालय शिक्षा सहित समाजमा जनचेतना दिने माध्याम भएकाले रेडियोको जन्म भएको बताउनुभयो ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले मिडिया मैत्री गाउँपालिका वनाउन प्रयास गरिएको बताउनुभयो । उहाँले पालिकाका गतिविधी जनता माझ ल्याउन संचार माध्याम बलियो माध्याम भएको भन्दै समन्वय सहकार्य आवश्यक रहेको जानकारी दिनुभयो ।
रेडियोले दिवसको अवसरमा उद्योग बाणिज्य संघको हलमा जुम्लाको साहित्य र संचार बिषयमा औपचारिक कार्यक्रम मार्फत वहश कार्यक्रम समेत गरेको छ । साहित्य र संचार क्षेत्रमा जुम्लाको अवस्थाको बिषयमा सरोकारवाला निकायहरु सँग वहश गरिएको थियो । वहश कार्यक्रममा स्थानीय सस्कृतिविद्ध तथा खसिया आखारका सम्पादक रमानन्द आचार्यले मानांक नै नभएकाले खसभाषा लोप अवस्थामा रहेको बताउनुभयो । उहाँले बोलिचालीमा प्रयोग पनि कम भएकाले समस्या ल्याएको बताएका छन् । लेखक राजवहादुर कुँवरले चोकमा रक्सी हुन्छ तर किताव हुदैन भन्दै आर्थिक अवस्था भएकाले साहित्यलाई ध्यान नदिने तर विपन्नलाई आधारभुत आवश्यकता पुरा नभएका कारण समस्या भएको बताउनुभयो ।
संचार वहशमा पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्र शाहीले जुम्लाको मिडिया क्षेत्र र पत्रकारिता क्षेत्रको विकास र गतिविधीका बिषयमा जानकारी गर्नुभएको थियो । उहाँले राज्य, निजी वा गैरसरकारी क्षेत्रले गरेका गतिविधी जनता सँग सजिलै पुग्ने माध्याम मिडिया क्षेत्र भएकाले सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । पत्रकारहरुको पेशागत हितका लागि समानुपातिक विज्ञापन प्रणाली, स्टेञ्जरमुक्त अभियान पैरवि, साना लगानीका मिडियाकोे प्रवर्धन गर्न आवश्यक रहेको छ । लेखक रामसिहं रावलले पत्रकारिताले राजनितिक रुप फेरिएको देखिएकाले परिवर्तनमा आवश्यक रहेको बताउनुभयो । उहाँले भ्रष्ट्राचार विरुद्ध र सुशासनको पक्षका समाचारहरु ल्याउन आवश्यक भएको बताउनुभयो । यसैगरी संचारमाध्यामको समन्वयमा मात्रै सुशासन सम्भव भएको भन्दै स्थानीय सरकारले अव मिडिया सँगको साझेदारीमा ध्यान दिनुपर्ने सहभागीको जोड थियो ।
यसैगरी बर्षभरी गरेका कामहरुको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । स्टेशन म्यानेजर रतन नेपालीद्धारा प्रस्तुत प्रतिवेदनमा रेडियोले दिईरहेको सेवावाट जनताहरु सुशुचित हुने देखी आफ्ना प्रशारण सेवाहरु, सफलता, चुनौतिको विषयमा जानकारी गरिएकोछ । यसैगरी आर्थिक बर्ष २०७६।०७७ को आय व्ययको जानकारी समेत गरिएको छ । आय १७ लाख १६ हजार ८९५ र व्यव १२ लाख ४५ हजार ४१८ रहेको छ । उठाउन वाँकी रु छ लाख र तिर्न रु दुई लाख १६ हजार रहेको छ ।

प्रतिकृया दिनुहोस्