OnlinePana

आज : २०८१ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही चैत्र २, २०७५जुम्ला ।
५४३ पटक

जुम्ला । विहान १० बजेदेखी नवनिर्मत वडापालिकाको भवनमा मानिसहरु धमाधम जम्मा हुदै थिए । माथितिर भिरालो जमिन, सो जमिन फोडेर समथल भूभागमा निर्माण गरिएको नयाँ वडापालिकाको नमूना भवनको आगनमा विभिन्न स्थानमा समुह जस्तै गरेर स्थानीयहरु छलफल गर्दै थिए । अर्कोतिर भवनको आगनमा औपचारिक कार्यक्रमका लागि तयारी गरिदै थियो ।
गाउँपालिकाका विभिन्न कार्यक्रमहरु मध्य वडापालिकाको नवनिर्मित पहिलो भवन अनि उद्ध्घाटन पहिलो कार्यक्रम पनि थियो । आकासमा वादल मोडारिदै थियो । मौसम चिसो बढि रहेको थियो । तर धेरैको अनुहारमा खुशी देखिन्थ्यो ।
यहाँको तिला गाउँपालिका वडा नं ४ मा जिल्लाकै गुणस्तरीय नमूना भवन निर्माण भएको छ । सो भवन जिल्लाकै नमूनाको रुपमा निर्माण भएपछि भने स्थानीयहरुखुशी दंग परेका छन् । स्थानीयहरु मात्रै नभई भवन उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरु पनि भवन गुणस्तरीय भएको भन्दै दंग परेका थिए ।
नेपाल सरकारको समन्वयमा संचालित सामुदायिक विकास कार्यक्रमको सहयोगमा निर्मित भवनको एक भब्य कार्यक्रमका विच उद्घाटन समेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगी, उपाध्यक्ष बिष्णु बुढाले संयूक्त रुपमा सो भवनको उद्घाटन गर्नुभएको हो ।
जव वडापालिकामा घन्कियो राष्ट्रियगान ः
स्थानीय तहको जिल्लाकै नमूना भवन निर्माण भएपछि भन सो वडाका नागरिकहरुको सहभागितामा तामझामका साथ खुशीयाली मनाईएको छ । विहान १२ बजेको समयमा जव संचालक स्थानीय शान्तिनाथ योगीले औपचारिक कार्यक्रमको आरम्भ गर्नुभयो । गाउँमा भएको कार्यक्रम धेरैका लागि यो नयाँ पनि थियो । एकै छिनमा कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय प्रमुख लालबहादुर सार्कीले झण्डोत्तोलन गर्नुभयो । रिवन काटेर उद्घाटन भयो, व्यानर पढेर उद्घाटन भयो तव गडगडाह तालिले सवैले स्वागत समेत गरे । सहिदको सम्मानमा मौनधारण भयो । त्यसपछि भने ‘वडापािलकामा पहिलो पटक घन्किएको राष्ट्रियगानले ।’ वडानं ४ का स्थानीयलाई उत्साह थप्यो । बुढापाखाहरु भन्दै थिए आजत स्कुल जस्तै राष्ट्रियगान गायौं ।
नवनिर्मित भवन एक करोड ९९ लाख ४८ हजार ४ सय ३ रुपैयाको लागत अनुमानमा वडापालिकाको १४ कोठे नमूना भवन निर्माण भएको वडापालिका अध्यक्ष सन्तबहादुर शाहीले जानकारी दिनुभयो । सामुदायिक विकास कार्यक्रमद्धारा रु १ करोड ९५ लाख ७८ हजार ४ सय ३ रुपैया र गाउँपालिकाको तर्फवाट ३ लाख ७० हजार रुपैयाको लागतमा सो भवन निर्माण भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले वडापालिकामा जिल्लाकै गुणस्तरीय भवन निर्माणले नागरिकलाई सेवा दिन सजिलो हुने र सोही अनुसार सेवा दिन वडापालिकाले जोड दिनुपर्ने बताउनुभयो । उहाँले अव स्थानीय तहमा सवै भवन यस्तै बन्नुपर्ने बनाउनुभयो ।
गाउँपालिका अध्यक्ष रतननाथ योगीले वडापालिकाले नमूना भवन निर्माण भएको र सहयोग पुरयाउने सवै निकायहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष योगीले संरचना नमूना मात्रै नभई नागरिकलाई सेवा प्रवाह महत्वपूर्ण रुपमा रहेको बताउनुभयो । उपाध्यक्ष बिष्णु बुढाले विभिन्न चुनौतिका विच भवन निर्माण सम्भव भएको र अव गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो ।
वडापालिकाको भवन जिल्लाकै नमूनाको रुपमा निर्माण भएपछि भने स्थानीयहरुखुशीले दंग परेका छन् । स्थानीयहरु मात्रै नभई भवन उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरु पनि भवन गुणस्तरीय भएकाले दंग परेका थिए् । स्थानीय भद्रविर सार्कीले गाउँपालिकाहरुमा यस्तो भवन आफुले यस अघि नदेखेको भन्दै यो कसरी बन्यो आफुलाई अच्चम लागेको बताउनुभयो । गाउँमै यस्तो भवनमा काम गर्न पाउदा निकै खुशी भएको वडासचिव बिमला योगीले जानकारी दिनुभयो ।
वडापालिकाको भवन भूकम्प प्रतिरोधी, अपाङ्गतामैत्री, बालमैत्री समेत निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु धितालले जानकारी दिनुभयो । १४ कोठे उक्त भवनमा आधुनिक रिसेप्सन, वैठक कक्ष, मैत्री शौचालयहरु, अध्यक्ष कक्ष, सचिव कक्ष देखी विभिन्न च्याप्टरमा भवन भित्रको संरचना निर्माण गरिएको छ । वैठक हलमा पनि करिब एकसय बढि मानिसहरु अटाउने क्षमता छ ।
प्राय गरी विकास निर्माणका काममा गुणस्तर काम नहुने भएकाले भौतिक संरचना जिण बनेर जाने गर्दछन् । तर यो भवन भने आधुनिक शैलिको जुम्लाको नमूनाको भवन बनेको छ ।
सवैवडा भवन उस्तै बनाउने ः
तिला गाउँपालिकाले भने अव सवै वडाका भवनहरु सहित स्थानीय स्वास्थ्य, शिक्षा, कृषिका भवनहरु यही शैलीमा निर्माण गर्ने भएको छ । यसका लागि भने आर्थिक भार ठूलो पर्ने भएकाले संघीय सरकार सहित दातृ निकायहरु सँग सहयोगको अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो । गाउँपालिकाका अनुसार साविकका कुडारी गाविसको ४ वटा वडाहरु ४,५,६ र ७ सो वडापालिका अन्तरगत रहेको र गाउँपालिकाले गरेको पछिल्लो घरधुरी संरक्षण अनुसार ४३४ घर परिवारका २४८९ जनसंख्या यस वडापालिकामा रहेको छ ।

प्रतिकृया दिनुहोस्