OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक ७, २०७७ जुम्ला ,
५६२ पटक

७ असोज २०७७ जुम्ला ,

जनता समाजवादी पार्टी (जसपा)ले बिस्तार गरेको केन्द्रीय समितिमा जुम्लाबाट नरेन्द्रनाथ योगी केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।
जसपाले भर्खरै पुन केन्द्रीय कमिटि कायम गर्ने क्रममा जुम्लाका योगी केन्द्रीय सदस्यमा मनोनयन हुनु भएको हो ।

पत्रकारिता क्षेत्रबाट कर्णालीमा लामो समय देखी समाजसेवा शुरु गर्नुभएका योगी नेपाल पत्रकार महासंघ जुम्लाका सस्थापक सभापति हुनुहुन्छ ।  जुम्लाको पहिलो साप्ताहिक पत्रिका कर्णालीको सन्देश साप्ताहिकका प्रधानसम्पादक समेत रहेका योगी कानून व्यवसायी पनि हुनुहुन्छ । नयाँ समायोजनमा केन्द्रीय समितिमा आफुलाई मनोनित गरेकोमा पार्टीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।  योगी यस अघि पूर्वप्रधानमन्त्री वावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा राजनिति गरेर अहिले समायोजनमा केन्द्रीय समितिमा मनोनित हुनुभएको हो ।

यसैगरी जसपाको समायोजन गरेको पार्टीमा  बिरबहादुर शाही कालिकोट समेत केन्द्रीय सदस्य हुनु भएको छ । जुम्लामै बसेर खस समावेशी पार्टी, संघीय समाजवादी पार्टीमा राजनिति गरिरहेका शाहीले जुम्लाबाट प्रतिनिधिसभामा समेत उम्मेदवारी दिईसक्नु भएको थियो ।

विशेषगरी खस भाषा र संस्कृतिको बिषयमा निरन्तरत पैरविमा उहाँको जोड रहेको छ । यसैगरी जनता समाजवादी पार्टी पार्टीमा डाक्टर बावुराम भट्टराई संघीय परिषद अध्यक्ष समेत चयन हुनु भएको छ । भट्टराई संघीय परिषद अध्यक्ष, नेता महन्त ठाँकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष मनोनित गरिएको छ ।

प्रतिकृया दिनुहोस्