OnlinePana

आज : २०८२ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २४, २०८२काठमाडौं
१७७ पटक

काठमाण्डाै/पुस २४ गते । जुम्ला प्रतिनिधिसभा नेकपाको प्रत्यक्ष तर्फको उम्मेदवारमा नरेश भण्डारीको एकल सिफारिस भएको छ । नेपाली कम्य्निष्ट पार्टी जुम्लाको उम्मेदवार सिफारिस कार्यदलले एकल सिफारिस गरेको केन्द्रीय सदस्य नवराज न्यौपानेले जानकारी दिनुभयो । यस अगािड ५ जनाको नाम केन्द्रीय समितिले अगाडि बढाएको थियो । सो नामको आधारमा कार्यदलले मुल्यांकन गरेर एक नम्बरको नाम केन्द्रीय सदस्य नरेश भण्डारीलाई कार्यदलले सिफारिस गरेको नेकपाका नेता तिर्थ बुढाले जानकारी दिनुभयो ।

वुधवार कार्यदलले एकल सहमतिको प्रयास सहित कार्यदलले नेता नरेश भण्डारीलाई एकल सिफारिस गरिएको जानकारी दिनुभयो । संविधानसभा सदस्य समेत रहेका भण्डारी कर्णालीका भिजनरी र विकासबादी नेता हुन् ।

वि.सं. २०६४ सालमा कर्णालीको स्वास्थ्य धरोहर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लालाई उज्यालो दिईरहेको चुकेली जलविधुत आयोजना, आठ हजार धाराको निर्माणाधिन बहृत धौलिगाड परियोेजनाका परिकल्पनाकार समेत रहेका भण्डारीले पछिल्लो समय सिँजा सभ्यता विकास तथा प्रतिष्ठान, तिला नदिमा ७० मेघावाटको बिजुली, सिंजा–गमगडि–नाक्चेलाग्ना चीन छुने सड्क, जुम्ला –जाजरकोट सड्क सहितका अधुरा कामहरु वाँकी रहेका बताउदै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस्