OnlinePana

आज : २०८२ पौष २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष २४, २०८२
६३ पटक

२४ पुस २०८२, बिहीबार

कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा एक÷एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।

जसअन्तरग बैठकले सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिका रु.एक करोड, दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिका रु.एक करोड र कालिकाखेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउपालिका रु.एक करोडका लागि बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि रु.साठी लाख मात्र सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय भएको छ ।

प्रतिकृया दिनुहोस्