
१७ पुस २०८२, बिहीबार
सुर्खेतः वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत बिरुवाबारीमा कोठामा निस्सासियर एकको मृत्यु हुँदा दुई बेहोस् अवस्थामा भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगंगा नगरपालिका २ सुर्खेत घरभई हाल वीरेन्द्रनगर नगरपालका १२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा कोठा भाडामा बस्ने करिब ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षा बुढाको निस्सासियर आज बिहान १०ः३० बजे मृत्यु भएको हो । कोठमा कोइला बाली सुतेको अवस्थामा निस्सासियर बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो ।
“बिहान १०ः०० बजेसम्म कोही घरबाट ननिस्केपछि घरबेटी चन्दले बोलाउदा छोरा १० वर्षीय छोरा प्रकाश बुढाले ढोका खोलेपछि आमा तारा बुढा, १३ वर्षको भदैनी संगम बुढा, बेहोस अवस्थामा रहेछन्,” प्रहरी निरीक्षक यादवले भन्नुभयो, “बेहोस् तारा र संगम बुढाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।” घटनास्थलमा प्रहरी टोली खटिगइ मुचुल्कालगायतका प्रारम्भिक कार्य समाप्त गरी शव परीक्षणका लागि प्रदेश अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।







