OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर २०, २०७५काठमाडौं
५८२ पटक

काठमाडौं । गएको जुलाईमा नेदरल्यान्ड्समा भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलबाट विदेशी भूमिमा आफ्नो खेलजीवन टुंग्याइसकेका शक्ति गौचनले शनिबारबाट एभरेस्ट प्रिमियर लिगपछि सन्यास लिने भएका छन् ।

नेपालमा हुने अन्तर्राष्ट्रिय खेलबाटै पूर्ण रूपमा सन्यास लिने चाहना राखेका शक्तिको यो चाहना क्यान निलम्बनमा परेका कारण पूरा हुन सकेन । जसका कारण उनले आफ्ना लागि र्इपीएल नै अन्तिम प्रतियोगिता बनाउने निधो गरेको बताए । देब्रेहाते स्पिनर शक्ति नेपालका प्रमुख बलर बनेका थिए । पछिल्लो समय बढ्दो उमेर र श्वास्थ्यका कारण पनि उनि खेलाडी भन्दा खेल ब्यवस्थापन र प्रशिक्षकमा हात हालेका थिए ।

उनले सक्रिय क्रिकेटबाट टाढा भएपछि यू- १९ क्रिकेट टिमका टिम लिडरका रूपमा गएका थिए । सन् २००१ मा बंगलादेशमा भएको एसीसी यू–१७ एसिया कपबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरू गरेका शक्तिले सिंगापुरमा भएको एसीसी ट्रफीबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।

शक्ति नेपालबाट १ हजार रन बनाउने पहिलो खेलाडी हुन् । हाल भैरहवामा क्रिकेट एकेडेमी चलाएर बसेका शक्तिले नेपाली क्रिकेटलाइ धेरै युवा खेलाडी दिलाएका छन् ।

प्रतिकृया दिनुहोस्