OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाही आश्विन १९, २०७७जुम्ला,
१८५७ पटक

 

१९ असोज २०७७, सोमबार

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला–डोल्पा जोड्ने दानसाँघुस्थित तिला जवानदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गर्नुभएको छ ।

कार्य प्रारम्भ भएको नौ वर्ष पछि दानसाँघु दोभानमा सम्पन्न पुल कानूनमन्त्री भण्डारीले आज उद्घाटन गर्नुभएको हो । मन्त्री भण्डारीले तत्कालीन् संविधान सभा सदस्य हुँदाका बखत आफैले उक्त पुल निर्माणका लागि बजेट पहल गर्नुभएको थियो । सो पुल उद्घाटन कार्यक्रममा बोल्दै उहाँले संविधान सभा, तत्कालीन स्थानीय निकाय हुँदै संघीय संरचना आइसकेपछि निर्माण भएको दानसाँघु पुल साविक कर्णालीको पहिलो पक्की पुल भएको बताउनुभयो ।

पूर्वाधार विकास कार्यालय जुम्ला स्थापना पछि तिला जवाँ नदिको संगम स्थलमा अधुरो भएको पुल सम्पन्न भएको हो । वि.सं २०६८ असार १५ मा ठेक्का सम्झौता भई काम शुरु भएको पुल विभिन्न कारणले ढिलाई भएपछि अधुरो रहेको थियो । मन्त्री भण्डारीले आफु पहिलो संविधानसभाको प्रतिनिधी हुदा पुल निर्माण कार्यशुरु भएपनि विभिन्न कारणले ढिलाई भएकोमा अहिले प्रदेश सरकारले यसको मुर्त रुप दिएको बताउनुभयो ।

“नौ वर्षपछिको लामो यात्रापछि निर्माण कार्य सम्पन्न भएको पुलले डोल्पाका साथै जाजरकोट जिल्ला जोड्न सघाउ पुग्नेछ,” मन्त्री भण्डारीले भन्नुभयो, “यो सँगै जिल्लामा निर्माणाधिन अन्य पुल बनेर जुम्लाका सबै पालिका र अन्तर जिललाहरु अब चाँडै सडक सञ्जालमा जोडिनछन् ।” सडक सञ्जालले यहाँका नागरिकहरुको शिक्षा, कृषि, स्वास्थ्य, आर्थिक र सामाजिक अवस्था माथि उठ्ने उहाँको भनाई थियो ।

 

 

यता पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रुपबहादुर रावलले उक्त रु.चार करोड ३९ लाख ७१ हजार लागतमा निर्माणमा भएको बताउनुभयो । “पुलको निर्माणका लागि एसवीए बन्धन भगवती जेभीले कुपोण्डोल ललितपुरले रु.दुई करोड ८८ लाख ३० हजारमा आव.०६७÷०६८ कार्य शुरु गर्यो,” प्रमुख रावलले भन्नुभयो, “पछि विसं.२०७३ सालमा उक्त पुल पुनः डिजाईन भई पृथ्वी अमित जेभीले रु.एक करोड ५१ लाख ४१ हजारमा काम शुरु गरेको थियो ।”

गएको असारमा निर्माण सम्पन्न पुलको पुनः डिजाईनले काम लम्बिएको र त्यही कारण पुल निर्माण हुन नौ वर्ष लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त निर्मित पुलको लम्बाई ७७ मिटर रहेको छ ।उहाँका अनुसार पहिला स्टमेट ६२ मिटरको मात्रै रहेछ पछि १५ मिटर थप्नुपर्ने देखी विभिन्न प्राविधिक समस्याका कारण काममा ढिलाई भएको रहेछ । अहिले पूर्वाधार कार्यालयको स्थापना पछि म्याद थप गरेर रु एक करोड १४ लाख रुपैया थपेर जुम्लाकै सवैभन्दा ठूलो र पुरानो पुल काम सम्पन्न भएको उहाँको भनाई छ ।

पुल जोडिएपछि अहिले जिल्लाको गुठिचौर गाउँपालिका जोडिएको छ । यो सँगै डोल्पा र जाजरकोट जान सजिलो हुनेछ । कार्यालय प्रमुखका रावलका अनुसार अहिले एप्रोच स्ल्याब, वाईरिङ कोर्ष, एप्रोच रोडलगायतका वाँकी काम सम्पन्न भएपछि अहिले गाडि गुड्न थालेका छन् ।

पुनः डिजाईनले पुल निर्माणमा ढिलाई

शुरुमा ६५ मीटरको डिजाईन बनाईको पुल स्पेस नपुगेपछि पुन १५ मीटर थपेर डिजाईन गर्नुपर्ने भएकाले ढिलाई भएको ईन्जिनियर दिप सागर ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिल्यै जिल्ला विकास समिति हुदा शुरु भएको पुल अहिले पुन डिजाईन गरेर बनाउनु पर्ने वाध्यता भयो ।
निर्माण व्यवसायी पनि दुईवटा फेरिए, अनि हिजो जिल्ला विकास समितिले लिएको जिम्मा संघीय संरचनापछि प्राविधिक कार्यालयले फेरी अध्ययन गरेर अगाडि बढ्नुपर्ने चुनौति भएको थियो ।


उहाँका अनुसार अघिल्लो ६२ मिटरको रु दुई करोड ८८ लाख ३० हजार आठ सय तीन रुपैया ३८ पैसाको सम्झौताको काम एसवीए बन्धन भगवती जेभी कुपोण्डोल ललितपुरले र दोस्रो २०७३ साल असार २४ गते १५ मिटरको पुल पुन रु एक करोड ५१ लख ४१ ह्जार आठ सय ७४ रुपैया ९४ पैसा रकममा पुल निर्माण भएको ईन्जिनियर दिप सागर ढुंगानाले जानकारी दिनुभयो । यसैगरी पुल निर्माण भएपछि जुम्लाको गुठिचौर गाउँपालिका सहित डोल्पा र जाजरकोट जान सजिलो भईरहेको छ ।

प्रतिकृया दिनुहोस्