OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन १४, २०७७जुम्ला,
४४३ पटक

खलङ्गा असोज १४ गते । कोरोना भाईरसको प्रभाव, अवस्था भित्र मानव अधिकार, कर्णालीको अन्य मानव अधिकार अवस्थाको वारेमा बुझ्न अहिले मानव अधिकार आयोगको एक उच्च स्तरीय टोली कर्णालीमा छ ।

मानव अधिकार आयोगका सदस्य सुदिप पाठक सहितको टोली कर्णाली राजमार्ग हुदै सुर्खेत दैलेख, कालिकोट जुम्लामा पुगेर कोरोना भाईरसले परेको प्रभावको वारेमा स्थलगत अध्ययन गरिरहको हो ।

टोलीले जुम्लामा पुगेर कारागारका कैदीवन्दीहरुको यस वेलाको अवस्थाको स्थलगत अनुगमन, सोधपुछ गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रिया समेत गरेको हो । आयोगका सदस्य पाटक सहितको टोलीले स्थानीय प्रशासन, सुरक्षाकर्मी, पत्रकार, मानवअधिकारकर्मीहरु सँग कोरोना भाईरस सहित कर्णालीको अवस्था लगायतका बिषयमा अन्तरक्रियामा जानकारी लिएको हो ।

अन्तरक्रियामा आयोगका सदस्य पाठकले आफुले कर्णाली राजमार्ग लगायत विभिन्न जिल्लाको यसवेलाको स्थलगत अवस्था बुझेपछि राज्यले कर्णालीको विकास मिहिनेतका साथ विशेष प्याकेजमा गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले अव कर्णालीका जनता कम्तिमा १५ बर्ष एकमत भएर द्धन्द्ध नगरि अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो । प्रकृतिको उच्च सम्भावना भएको क्षेत्र कर्णालीमा १५ बर्षमा राज्यको प्रभावकारी लगानी भएमा यसले देशलाई ठूलो समृद्धि दिने दुई मत नभएको बताउनुभयो । कोभिड १९ मा समेत स्थानीय स्तरमा सवैले एउटा मत बनाएर अघि बढ्ेमा हामी सफल हुनेमा उहाँको जोड छ ।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कोरोना भाईरसको रोकथामका लागि जिल्लामा भएका रोकथामका गतिविधिहरुको वारेमा जानकारी गर्नुभएको थियो । उहाँले कर्णाली प्रतिष्ठानमा परीक्षण तीब्र देखी खोजिकार्य, स्थानीय तहमा क्वारेन्र्टाईन, आईसोलेशन र संक्रमितलाई व्यवस्थानका बिषयहरुमा गरिएका कामहरुको जानकारी मानव अधिकार आयोगलाई जानकारी गर्नुभएको थियो ।

पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले कोभिडमा कर्णालीले सन्तुलित विकासको अनुभुति गर्न नपाएको भन्दै यस बिषयमा मानव अधिकार आयोगले जोड दिन सूझाव दिनुभयो । महासंघका पूर्वसभापति नरेन्द्रनाथ योगीले जिल्लामा विभिन्न प्रकारका घट्नाहरु हुने तर दोषी पत्ता नलाग्ने समस्या बढि रहेकोले समस्या पारिरहेकोमा जोड दिनुभयो । उहाँले जनताले विधुत वाल्न नपाउने र सदरमुकाममा खानेपानीको अभाव अहिले पनि भएको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले कर्णाली राजमार्ग जीवन मार्गको रुपमा रहेकाले यसको स्तरबृद्धि, नाग्म गमगडि राजमार्गको कालोपत्रे र स्तरबृद्धिका लागि पहल गर्न, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भेन्टिलेटर सहित थप आईसियूका सामाग्रहरु थप्नुपर्ने, अपांगता भएका र ज्येष्ठ नागरिकहरुको कोभिडको समयमा खास अवस्थाको अध्ययन अनुसन्धान गरि जीवनशैली सहज गर्ने जस्ता बिषयमा मानव अधिकारलाई जोड दिन सूझाव दिएका छन् ।

कारागारको अनुगमन :

यसैगरी आयोगका सदस्य पाठक, प्रमुख जिल्ला अधिकारी थापा सहितको टोलीले कारागारका कैदीवन्दीहरुको अवस्था, कारागारमा कोरोना संक्रमण पछि बसाईको अवस्था, अदालत गएर फर्किएपछि सुरक्षाको अवस्था र कारागारमा बाहिरबाट पठाईने तरकारी तथा खाद्य सामग्रीको सुरक्षा लगायतका बिषयहरुमा सोधपुछ गरेको छ । कारागरका कैदी खड्कजीत रोकायाले खानेपानीको समस्या भएको गुनासो पोख्नुभयो । जुम्लामा खानेपानी अभाव र जथाभावी रुपमा सड्क खनेर पाईप फुटाईदिएकाले समस्या भएको तर कारागारका लागि जसरी पनि पानी आपुर्ति सहनगर्ने प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।

 

कारागारका ४ कैदीवन्दी सहित १० जनालाई कोरोना संक्रमण भएर अहिले सन्चो भईसकेको छ । उनिहरुलाई भित्रै भिन्नै कोठा गरेर आईसोलेशनको व्यवस्था गरि सन्चो भएको कारागार जुम्लाका जेलर गया प्रसाद पाण्डेले जानकारी दिनुभयो । जुम्ला कारागारमा अहिले एक सय १० जना कैदीवन्दी छन् ।
यसैगरी आयोगका सदस्य पाठकले कोभिड १९ को अवस्था बुझ्दै १३ औ जिल्ला जुम्ला पुगेको र २७ गते प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्