OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीमंसिर १२, २०७५ जुम्ला,
१०५५ पटक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा नर्सिङ क्षेत्रको मिडवाफ्री र कृषि क्षेत्रको आई एस सि एजि कार्यक्रम संचालन भएको छ ।
उपराष्ट्रपति पुनले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आयोजना गरेको ‘स्कुल अफ नर्सिङ अन्र्तगत स्नातक तह मिडवाईफेरी’ कार्यक्रम तथा यहाँ गुठिचौर गाउँपालिकाको झारज्वाल माविमा आईएससि कएजि कार्यक्रममको औपचारिक उद्घाटन गर्नुभएको हो ।
यसैगरी उपराष्टपति नन्दबहादुर पुनले कर्णालीले सिंगो नेपाललाई समृद्ध बनाउन ठूलो हिस्सा राख्ने बताउनु भएको छ ।
कर्णाली भ्रमणको क्रममा जुम्ला आई पुग्नु भएका पुनले सभ्यता र तमाम आर्थिक आधारको क्षेत्र कर्णाली भएकाले कर्णालीले प्रदेश सहित राज्यलाई ठूलो समृद्धिको हिस्सा राख्ने बताउनुभयो ।
प्रतिष्ठानमा ब्याचलर अफ मिडवाफ्री कार्यक्रमको उद्घाटन गर्दे उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमविविएस र एमडिपि कार्यक्रम समेत संचालन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । व्याचलर अफ मिडवाफ्री कार्यक्रम नेपालको काठमाडौं विश्व विद्यालय, बिर हस्पिटल पछि तेस्रो कार्यक्रम कर्णाली प्रतिष्ठानमा शुरु भएको छ ।
त्रिभुवन मावि झारज्वालाको आई एस सि एजि कार्यक्रम उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले विशाल खस राज्यबाट विस्तारै ओरालो लागेको कर्णालीले अव राष्ट्रका ४ समृद्धिका आधार कृषि, पर्यटन, जलविधुत र जडिवुटिको धनि क्षेत्र भएकाले अव कर्णालीले केही बर्षहरुमा राज्यलाई ठूलो योगदान दिने बताउनुभयो । उहाँले कृषिको तमाम सम्भावना मार्सिधान, स्याउ, सिमी, फापर, कोदो, फापर सहित तममा सम्भावना रहेको जुम्लामा कृषि क्याम्पस आवश्यक भएको भन्दै स्तरवृद्धिमा सरकारले प्रथामिकता दिने बताउनुभयो । उहाँले नेपाली भाषाको मुहान र सभ्याता संसारभरी फैलिएको भन्दै पर्यटकीय क्षेत्रबाट समृद्धि हुन थोरै समय रहेको बताउनुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली बिकट नभई अव स्वर्ग भएको बताउनुभयो । उहाँले गरिविको परिभाषा बदल्न प्रदेश सरकार तीब्र गतिमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको तमाम सम्भावना छ तर विज्ञता नभएका कारण अव कृषि जनशक्ति र विज्ञ तयार पार्न कर्णाली प्रदेश सरकार तयार भएको बताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जन्मदाता तथा आन्तरिक मामिला तथा कानुन् मन्त्रि नरेश भण्डारीले मानिस मरेको अबस्थामा पोष्ट मार्टमका लागी डाक्टर नपाउने जुम्लाले अहिले सुर्गम भनेर चिनिने सुर्खेतमा ४ वटा डाक्टर उत्पादन गरेर पठाएकोले अव कर्णालीको समृद्धि अगाडि बढिरहेको बताउनुभयो । उहाँले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठानले विगत्तको कर्णालीको परिचय बदलेको बताउनुभयो । उहाँले अव सेतोे हिउँमा सेतो एप्रोनका चिकित्सक उत्पादन गर्ने दिन नजिकिएकाले डाक्टर पढाई शुरु गर्नमा उपराष्ट्रपति पुन र नेपाल सकारलाई आग्रह गर्नुभयो ।
पुर्वराज्य मन्त्रि बलबहादुर महतले भने कर्णालीको अधिकारको लागि स्थाना गरिएको प्रतिष्ठान नमूनाको रुपमा अगाडि बढेको बताउनुभयो । उहाँले प्रतिष्ठानले अब कुनै पनि दुर्गका नागरिकहरुलाई उपचार अभावमा मर्न नदिने बिश्वास ब्यक्त गरे । अबको कर्णाली अरुको भरकमा बाच्ने होईन ,अरुलाई बचाउनेमा लागी पर्नेछ ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिठानका नर्सिङ डिन सरस्वती गौतमले कर्णालीको आमा र शिशुको ज्यान जोगाउन मिडवाफ्री कार्यक्रम महत्वपूर्ण रहेको धारणा राख्नुभयो । रजिष्ट्रार विश्वराज काफ्लेले अव प्रतिष्ठान डाक्टर र एमडिजिपिको तयारीमा भएकाले सहयोग गर्न सरकारलाई अपिल गर्नुभयो ।

क्याप्सन ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा नर्सिङ क्षेत्रको व्याचलर अफ मिडवाफ्री कार्यक्रमको उद्घाटन गर्दै तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्