OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही मंसिर ११, २०७५जुम्ला
३०६ पटक

मंशिर ७ गते । गैरसरकारी संस्था महासंघ जुम्लाको अध्यक्षमा अमरबहादुर रोकाया निर्वाचित भएका छन् ।
महासंघ जुम्लाको पाँचौ जिल्ला अधिवेशनबाट रोकाया सहितको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा रेशम बहादुर शाही, सचिवमा मेघराज न्यौपाने, सहसचिवमा मानबहादुर रोकाया, कोषाध्यक्षमा स्यानु शाह सहित ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
यसैगरी सदस्यहरुमा चन्न्द्रमान बुढा, पदम रावल, सावित्रि मोहरी, सम्झना सार्की (नेपाली ) रहेका नवनिर्वाचित अध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिनुभयो । ग्रामिण परिवेश नेपालका अध्यक्ष समेत रहेका गैसस महासंघ जुम्लाका अध्यक्ष रोकायाले अव जुम्लामा गैरसकारी क्षेत्रले सरकारको खम्बाको रुपमा काम गर्ने बताउनुभयो ।
नविकरण १४ संस्थाको २८ मत मध्य २० मत खसेको थियो । जसमा अध्यक्ष रोकायाले १९ मत र प्रतिद्धन्द्धी मायाप्रसाद आचार्यले १ मत प्राप्त गरेको निर्वाचन प्रतिनिधी गैसस महासंघका केन्द्रीय सदस्य कर्णप्रसाद चौलागाईले जानकारी दिनुभयो । नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईले गैसस महासंघका राम्रा गतिविधिमा पत्रकार जगतले समन्वय गरी अघि बढ्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले गैसस क्षेत्रका राम्रा कामहरुमा आवश्यक पैरवि गर्न समन्वय गर्ने बताउनुभयो ।
गैसस महासंघ जुम्लामा आवद्ध ४० संस्थाहरु मध्य १४ मात्रै नविकरण भएका छन् । यसैगरी जिल्ला प्रशासन जुम्लामा भने ३ सय बढि संस्थाहरु दर्ता भएका छन् ।

प्रतिकृया दिनुहोस्