OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीकार्तिक २५, २०७५ जुम्ला,
५५१ पटक

हाँकु कार्तिक २५ गते । पछिल्लो समयमा यहाँको स्थानीय तहहरुले सवै गतिविधिहरु स्थानीय तहमै गर्न थालेपछि रौनक बढेको छ ।
खेलकुद देखी विभिन्न प्रतियोगिताहरु यहाँ पालिकाहरुले गर्न थालेपछि उत्साह थपिएको हो । दशै र तिहारको अवसरमा यहाँको तातोपानी गाउँपालिकाले खेल क्षेत्रमा लगनशिलता, ईमान्दारिता र क्षमता छनौटका लागि भन्दै फुटवल खेल सम्पन्न गरेको छ ।
गाउँपालिकाका ९ वटै वडाबाट २१ वटा टिम सहभागि रहेको उक्त खेल प्रतियोगिता गाउँपालिकाकै हाँकु चौरमा खेलाईएको थियो । सो चौरलाई भने अव रंगशालाको रुपमा निर्माण गर्ने गाउँपालिकाले योजना बनाएको छ ।
फुटवलमा सवै वडाका महिला पुरुष र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । तातोपानी गाउँपालिकाले आयोजना प्रथम पुरुष फुटवल प्रतियोगिताको उपाधी वडा नं ५ अर्थात समाजसुधार यूवा क्लवले चुम्न सफल भएको छ ।
सम्पन्न फाईनल खेलमा वडा नं ६ तातोपानीको टिमलाई हराउदै वडा नं ५ ( समाज सुधार यूवा क्लवले ) शुन्यका विरुद्ध २ गोलले जित हाशिल गरेको हो ।
तातोपानी गाउँपालिकाको आयोजनामा हाँकु रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई रु ३० हजार नगद पुरस्कार सहित वल्र्डकप डिजाईनको टफी, सिल्ड तथा प्रमाणपत्रहरु गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बितरण गर्नुभयो ।
यसैगरी दिृतीय वडा नं ६ को फुटवल टिमलाई पनि जिल्ला समन्वय समितिका उपप्रमुख रु २० हजार सहित टफि र प्रमाणपत्रहरु उपलब्ध गराउनुभएको थियो ।
नेपालीहरुको पर्व दशै र तिहारको उपलक्ष्यमा तातोपानी गाउँपालिकाले आयोजना गरेको प्रथम फुटवल प्रतियोगिता निकै उत्साहका साथ सम्पन्न भएको छ ।
समापन कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढो फुटवल खेलले तातोपानी गाउँपालिका खेल क्षेत्रमा अब्बल भएको र लुकेका प्रतिभाहरुको पहिचान भएको बताउनुभयो । उहाँले खेलाडिमा सवैभन्दा महत्वपूर्ण अनुशासन भएको हुदा अनुसाशनले प्रगति हुने बताउनुभयो । गाउँपालिका अध्यक्ष नवराज न्यौपानले गाउँपालिको समृद्धि अव यूवाहरुबाटै भएकाले यूवाहरुलाई प्रवर्धन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष न्यौपानले अव यूवा विदेशमा होईन आफ्नै गाउँघरमा पौरख गरेर राज्यलाई योगदान दिनुपर्ने दिनहरु अव आएको बताउनुभयो । उहाँले कृषि, पर्यटन ,शिक्षा ,खेलकुद देखी विभिन्न क्षेत्रमा यूवाको ठूलो भूमिका हुुनेमा जोड दिनुभयो ।
निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले तातोपानी गाउँपालिका तातोपानी, मार्सीधान र विविध सम्भावनाको भण्डार भएकाले सो को प्रयोग गरी आर्थिक समृद्धि गरिनुपर्ने बताउनुभयो । बुढ्थापाले शान्ति सुरक्षाको बिषयमा भने प्रशासन सधै तत्पर भएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले यूवाहरुको खेल क्षेत्रको विकास र समृद्धिका लागि फुटवलको आयोजना गरिएको भन्दै सम्पन्न गर्ने सम्पूर्ण निकायहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
गत कार्तिक १४ गतेबाट शुरु भएको खेलमा गाउँपालिका भित्रका मात्रै २१ वटा टिमको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले जानकारी दिनुभयो । चौलागाईले भन्नुभयो, यूवाहरुको लगनशिलता, ईमान्दिारिता र क्षमताको प्रदर्शन गरी तातोपानी गाउँपालिकाले पहिलो पटक खुला पुरुष फुटवल प्रतियोगिता सम्पन्न गरेको हो ।
यसैगरी उत्कृष्ट खेलाडि लवज डाँगी, उत्कृष्ट गोलकर्ता बिमलराज बिष्ट, उत्कृष्ट गोल्किपर नवराज डाँगी र उत्कृष्टि अनुसाशनकर्ता खेलाडि किरण चौलगाई रहेका थिए । यसैगरी निकै चुनौतिका विचमा खेल सम्पन्नमा सहयोग गर्ने विभिन्न सरोकारवाला निकायहरुलाई प्र्रमाण पत्र सहित कदरपत्र समेत दिईएको थियो । कार्यक्रममा शशस्त्र प्रहरी बल ३३ नं गणका गणपति रोशन श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सिताराम रिजाल वडाध्यक्षहरुm पत्रकारहरु र गाउँपालिकाका स्थानीयहरुको ठूलो सहभागिता भएको थियो ।
यसैगरी फु्टवल प्रतियोगितामा व्यापार गरेर नाफा आएको पैसा त्यहाँका बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।
स्थानीय जयलक्ष्मी चौलागाई सहितको यूवतिहरुको टोलीले फुटवल खेल आयोजना भईरहेको समयमा अस्थायी पशल स्थापना गरि चटपटे देखी विभिन्न खाजाहरु वेचेको नाफाको पैसाले त्यहाँका ६ जना बिपन्न बालबालिकाहरु सामग्री बितरण गरिएको हो ।
स्थानीय निरु कामी ( रावतवाडा), सन्तोषी दमाई लाम्रा, चन्द्रे दमाई राँका, सन्तोष कामी, एलिजा खत्रि, बसन्ति कामीलाई झोला, कापि, पेन्सिल, टोपी, सावुन, वुरुस लगायतका सामग्रीहरु उपप्रमुख गंगादेवी उपाध्यायद्धारा बितरण गरिएको हो ।
विपन्न बालबालिकालाई बितरण गर्दै विद्यार्थी जयलक्ष्मी चौलागाईले सानो सानो विषयलाई हामीले ध्यान दिदैनौ, ठूलो केही होईन तर सानो प्रयास हामीले गरेको र सामाजिक काममा हामी लागिरेहेका बताउनुभयो । उनिहरुको सामाजिक कामलाई देखेर जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले नमूनाको काम गर्नुभएकोमा विद्यार्थी जयलक्ष्मी सहितको टिमलाई धन्यवाद दिनुभयो । गाउँपालिका प्रमुख नवराज न्यौपानेले यूवाहरुले दिने प्रेणादायक काम गरेकोमा धन्यवाद दिदै आगामि दिनमा यस्तो कार्यमा अग्रसर हुन शुभकामना दिनुभयो ।

प्रतिकृया दिनुहोस्