OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०७७जुम्ला ,
२०७८ पटक

असार २५ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशु सहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् ।

स्वाब परीक्षणमा कोरोना पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेनमा रहेका एक जना शिशुसहित २४ जनाको रिपोर्ट १४ दिनपछि पुन ः परीक्षण गर्दा नेगेटिभ आएपछि विहिबार साँझ घर फर्काएको हो ।

सिंजा गाउँपालिका – ४ काडागाउँकी ३९ बर्षीया एक महिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएपछि आमा र बच्चा दुवैमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।

प्रतिष्ठानको आइसोलेसनमा राखेर १४ दिनपछि पुन परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि १८ दिने बच्चा, सुत्केरी आमा सहित २४ जनालाई घर पठाएको अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो ।

प्रतिष्ठानका अनुसार आइसोलेसनमा १२ जना रहेका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएर आइसोलेसनबाट घर फर्किने क्रममा खादा ओडाएर विदाई गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले योगदानको कदर गर्दै सुरक्षित हुन अनुरोध गर्नुभयो ।

कोरोना जितेर घर जितेर घर फर्किएकाहरु पनि १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न चिकित्सकले सुझाएका छन् । प्रजिअ थापाले चिकित्सकहरुको सुझाबलाई मनन गर्दै व्यक्तिगत अनुशासन र सामाजिक दुरी कायम गर्न उहाँले अनुरोध समेत गर्नुभयो ।

यस पटक कोरोना संक्रमणबाट निको हुनेमा सुत्केरी महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरु रहेका छन् । यसअघि पनि भारतबाट आएका केही व्यक्ति र क्वारेन्टिन व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सहयोगी गरी २६ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्केका थिए ।

प्रतिकृया दिनुहोस्