OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ २५, २०७७जुम्ला,
९२५ पटक

जुम्ला, असार २५ गते । गुठिचौर गाउँपालिका गज्र्याङ्गकोट निवासी धनप्रसाद न्यौपाने व्यक्तिगत कामले जिल्ला प्रशासन कार्यालयमा पुग्नुभयो । जिल्ला प्रशासन कार्यालयमा रेडियोको जस्तो आवाज गुन्जिएको देख्दा उहाँलाई अच्चम लाग्यो र उहाँले के हो भनेर जिज्ञासा राख्नुभयो । जिल्ला प्रशासन कार्यालयले खस भाषामा नागरिक बडापत्र सुनिने व्यवस्था गरेको देख्दा दृष्टिविहित समेत रहेका न्यौपाने चकित हुनुभयो ।
उहाँ जस्तै धेरैलाई जिल्ला प्रशासनले नागरिकलाई सेवा सजिलो गर्नका लागि स्थापना गरिएको अडियो बडापत्रले सजिलो बनाएको छ । सोही सेवालाई अहिले जिल्ला प्रशासन कार्यालयले प्रवधियुक्त बनाउदै डिजिटलको रुपमा परिणत गरेको छ ।

सोही सेवालाई अहिले जिल्ला प्रशासन कार्यालयले डिजिटल प्रविधिमा परिणत गरेको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अगुवाईमा खसभाषामा बोलिने अडियो नागरिकवडापत्रलाई जिल्ला प्रशासन कार्यालयका सेवा सुविधाहरु डिजिटल विधिबाट अर्थात कम्प्यूटर नागरिक वडापत्र शुरुवात गरिएको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी थापाले डिजिटल नागरिक वडापत्रको उद्घाटन गरेर सार्वजनिक सेवा प्रवाहमा सूचनाको पहुचमा सजिलो हुने बताउनुभयो । उहाँले सो डिजिटल वोर्डमा “खसभाषाको अडियोमा सुनिन्छ र कम्प्यूटरमा देखिने” भएकाले सवै प्रकारका नागरिकहरुलाई सूचनाको पहुँच पुग्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी थापाले सेवा दिने सरोकारवाला निकायहरुले सेवाग्राहीका पिर पर्का बुझेर सजिलो बनाउने अवको सार्वजनिक सेवा प्रशासनको आवश्यकता रहेको बताउनुभयो । थापाले जिल्लाका सवै सरकारी कार्यालयहरुले सामान्य निवेदनको खाका देखी हेल्प डेक्स सम्मको व्यवस्था गर्नुपर्ने, सामान्य ईच्छाशक्ति बढाएर मुस्कान सहितको सेवा देखी सूचनामैत्री कार्यालयमा जोड दिन अनुरोध समेत गर्नुभयो । उहाँले हाम्रो सानो ईच्छा शक्तिले नागरिकको सेवा प्रवाहमा सजिलो हुने भएकाले सृजनात्मक काम कार्यालयमा शुरु गर्न अनुरोध गर्नुभयो ।

सामाजिक कार्यालय जुम्लाका प्रमुख बलविर सुनारले सामाजिक विकास मन्त्रालयको सहयोगमा आएको कार्यक्रम बहुउपयोगी रुपमा सद्उपयोग गर्न “सुरक्षित आप्रवासन कक्ष” को शुरुवात गरिएको हो ।

डिजिटल नागरिक बडापत्रमा भने कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सामाजिक विकास कार्यालय जुम्लाको सहयोग गरेको छ । सोही अवसरमा सामाजिक विकास कार्यालयको सहयोग र रेडियो कणाली जुम्लाको समन्वयमा “सुरक्षित आप्रवासन कक्ष” समेत उद्धाटन गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको सहयोगमा जिल्लामा डिजिटल सहायता कक्ष जिल्ला प्रशासनमै ठिक भएकाले यसको व्यवस्थापन गरिएको छ । यस अघि जिल्ला प्रशासन कार्यालयमा स्तनपान कक्ष, सहायता कक्ष समेत शुरुवात गरि सकिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयको वेवसाईट र सामाजिक संजाललाई थप सक्रिए बनाईएको छ ।

प्रतिकृया दिनुहोस्