OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ११, २०७७सुर्खेत
६१९ पटक

११ असार २०७७, बिहीबार

कर्णाली प्रदेशसभाका छैटौ अधिवेशनको २२औं बैठक आज पनि चल्न सकेन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक चल्न नसकेको हो ।

सभामुख राजबहादुर शाहीले २२औं बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तरगत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीसहित प्रदेशसभा सदस्यहरु उठेर बैठक अवरुद्ध गर्नुभएको थियो ।

तत्पश्चात् सभामुख शाहीले के हो ? भनेर प्रश्न गर्दा दलका नेता शाहीले आव.०७७÷०७८ वार्षिक विकास कार्यक्रमका राखेका विषय पुरा नभएका कारणले बुधबार सदन स्थगित भयो त्यस अनुसारको कुनैपनि कुरा पुरा नभएको भन्दै बैठक चल्न नदिने जवाफ दिनुभयो । सभामुख शाहीले बैठकमा हुने छलफलमा सरकारको धारणा सुनेर प्रश्न गर्न आग्रह गर्नुभएको थियो ।

नेता शाहीले जबसम्म नागरिकहरुलाई स्पष्ट बुझ्ने गरी वार्षिक विकास कार्यक्रमको किताब सरकारले नल्याए एवं विनियोजन विधेयकको मर्म र भावना अनुरुप अगाडि नबढेसम्म बैठक चल्न नदिने चेतावनी दिनुभयो । प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले अडान कायम राखेपछि सभामुख शाहीले असार १२ गते शुक्रबार दिउसो ३ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्