OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १०, २०७७ सुर्खेत
३६८ पटक

 १० असार २०७७, बुधबार

कर्णाली प्रदेशसभाका छैटौ अधिवेशनको २१औं बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सभा अवरुद्ध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख राजबहादुर शाहीले २१औं बैठकमा कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ अन्तरगत प्रदेशसभा सचिवालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयका शीर्षकहरुमाथिको छलफल प्रारम्भ गरेलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ढ्याप्ढ्यापे संकेत दिनुभएको थियो ।

तत्पश्चात् सभामुख शाहीले के हो ? भनेर प्रश्न गर्नुभयो । जवाफमा नेता शाहीले आव.०७७÷०७८ को वार्षिक विकास कार्यक्रमको किताब आर्थिक मामिला तथा योजना मन्त्रालयले नभई कर्णाली प्रदेश योजना आयोगले प्रकाशन गर्नुपर्ने बताउनुभयो । विनियोजन विधेयकको मर्म र भावना विपरित त्रुटि भएको र अपूर्ण वार्षिक विकास कार्यक्रमको किताब ल्याईएको उहाँले टिप्पणी गर्नुभयो ।

“आव.०७७÷०७८ को वार्षिक विकास कार्यक्रममा प्रदेश सरकारको ‘दीर्घकालीन सोच २१००’ को लक्ष्य, उद्देश्य र रणनीति आर्थिक वृद्धिदरको लक्ष्य उल्लेख गरिएको छैन,” नेता शाहीले भन्नुभयो, “वार्षिक विकास कार्यक्रम भनेर किताब ल्याईदा पूँजीगत र साधारण खर्च हुनुपर्नेमा त्यो पनि आएको छैन ।”

सभामुख शाहीले नियमावलीको धारा १३२ को ७ अनुसार छलफल भईरहेको र संविधानले नै आर्थिक मामिला तथा योजना मन्त्रालयलाई किताब निकाल्ने भनेको भन्दै रित पुगेको बताउनुभएको थियो । यद्यपि बैठक अगाडि बढ्न नदिने भन्दै प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेपछि सभामुख शाहीले असार ११ गते दिउसो ३ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्