OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआषाढ ८, २०७७जुम्ला
६२५ पटक

कोरोना भाईरस संक्रमण तिब्र रुपमा बढि रहदा जुम्लामा भने पछिल्लो अवस्थामा जुम्लामा संक्रमित सन्चो भएर घर फर्किएपछि र क्वारेन्टाईनमा बसेका धेरैको नतिजा नेगेटिभ आएपछि लकडाउनको स्वरुप बदलियो । सरकारी कार्यालय, संघ संस्था र बजार खुले । तर स्वास्थ्य सुरक्षा सावधानी, सामाजिक दुरी दुई मिटरकोको पालना गरेर काम गर्ने लगायतको नियम पालन नभएपछि अहिले फेरी बजार देखी जतातै भिडभाड बढेको छ ।

विशेषगरी बजारमा अत्याधिक भिडभाड बढेपछि स्थानीय प्रशासनले अनुगमन गरेर सामाजिक दुरी सहित मास्क सेनिटाईजर अनिवार्य राख्न बजार पशलका व्यापारीहरुलाई निर्देशन दिईएको छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आफै बजारका पशल होटलको ढोका ढोकामा गएर सामाजिक दुरी कायम गरेर व्यवसाय गर्न र पशलमा अनिवार्य मास्क सेनिर्टाइजर राख्न निर्देशन सहित अनुरोध गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी थापा सहित सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटा, जनपथ प्रहरी नायव उपरीक्षक लालबहादुर धामी, शशस्त्र प्रहरी नायव उपरीक्षक गगन श्रेष्ठ सहितका सुरक्षा प्रमुख, उद्योग बाणिज्य संघ र स्वास्थ्यकर्मी पत्रकारहरु सहितका सरोकारवाला निकायहरुले बजारमा कोरोना रोकथामलाई मध्यनजर गर्दै सामाजिक दुरी अनिवार्य कायम गर्ने सहितको सन्देश सहित निर्देशन गरिएको छ ।

पहिलो पटक आफै गएर सूचना दिईएको छ । त्यस पछि पनि सामाजिक दुरी र नियम पालना नभएमा कानून अनुसार कारवाही अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार लकडाउन पुरै खुलेको होईन काम विहिनका मानिसहरुले आफ्नो ज्यानको सुरक्षा आफै गर्नुपर्नेछ । विना काममा बजारमा नघुम्न सवैलाई अनुरोध छ । यसैगरी बजारमै मोटरसाईकलमा एक जना मात्रै हिड्नुपर्नेमा दुईजना हिडिरहेका धेरैलाई उतारेर हिड्न लागाईएको छ । उनिहरुलाई चेतावनी सहित पुन दुई जना नचढाउने गरी सम्झाई छोडिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । जुम्ला बजारमा धेरै जसो पशलमा दुरीको कुनै कायम नभएको र मानिसहरुको भिडभाड अत्याधिक बढेको छ ।
के के अनिवार्य पालना गर्ने :
अत्यावश्यक कामका लागि मात्रै बजारमा जाने, सावुन पानीले अनिवार्य हात धुने, मास्क सेनिटाईजर अनिवार्य प्रयोग गर्ने, होटलमा बसेर चिया नास्ता नखुवाउने, पशलको अगाडि २ मिटरको दुरीमा घेरा हालेर दुरी कायम गर्ने, पशलमा अनिवार्य सेनिटाईजर राख्नु पर्ने स्थानीय प्रशासनले जनाएको छ ।
यसैगरी सरकारी कार्यालयमा समेत दुई मिटरको दुरी कायम गरी सेवा दिनुपर्ने छ । कार्यालय भित्र पस्दा साबुन पानीले हात धुनुपर्ने वा सेनिटाईजर र मास्क प्रयोग गर्नुपर्ने छ । यद्यपी सो नियम पालन नभएमा कानून अनुसार कारवाही गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले भनेर मात्रै होईन अहिले नै कोरोना निर्मुल भईसक्यो भने जस्तै गरी हामी भिडभाडमा जाने र अशुरक्षित हुने क्रम जुम्लामा हवात्तै बढेको छ । यसैले हरेक व्यक्ति, घरपरिपारले र सरोकारवाला निकायहरुले सामाजिक दुरी अनिवार्य कायम गर्ने र स्वास्थ्य सुरक्षा अपनाउन जरुरी रहेको छ ।

प्रतिकृया दिनुहोस्