OnlinePana

आज : २०८२ बैशाख ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ५, २०७७
७२१ पटक

 ४ असार २०७७, शुक्रबार

कर्णाली प्रदेशभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज सभाको बैठक अवरुद्ध गरेको छ ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण पत्रसहित संकल्प प्रस्ताव दर्ता गर्दा पनि त्यसलाई वेवास्ता गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभाको बैठकको अवरुद्ध गरेको हो । नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विचौलियाहरुको काँधमा बन्दुक राखेर चल्ने सरकारका अघि आफूलाई कुनै अपराध नगरेको आरोप लगाउँदै फजुल खर्च तथा गैर प्रजातान्त्रिक ढंगले बैठक सञ्चालन नगर्न सभामुखले अनुरोध गर्नुभएको थियो ।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले सिंगो कर्णाली प्रदेश कोरोनाले थिलोथिलो भएको विषयलाई लिएर ध्यानाकषर्ण गरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दा त्यसलाई हटाईन्छ र मतलब गरिन्न भने बैठक सञ्चालन हुन नदिने चेतावनी दिनुभयो । सभामुख राजबहादुर शाहीले प्रतिपक्षी दलका सबै प्रस्तावक सभा सदस्यहरुको विषयले ध्यानाकर्षण भएको बताएपनि निर्वाध रुपमा सभा अवरुद्ध गरेपछि उहाँले शनिबार दिउसो ३ः०० बजेसम्मका लागि बैठक स्थगन भएको सूचना गर्नुभयो ।

प्रतिकृया दिनुहोस्