OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ २, २०७७जुम्ला,
६५८ पटक

असार २ गते । नेपाली कांग्रेसले कोभिड १९ (कोरोना भाईरसको) रोकथाम सहित विविध बिषयमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।
देशभरबाट ज्ञापनपत्र बुझाएर सरकारलाई कोभिड १९ को रोकथामको बिषयमा भईरहेका कामका असुन्तुष्टि जनाउदै सुधार्न सुझाव दिएको हो । यसैगरी नेपाली कांग्रेस जुम्लाले पनि जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली कांगेस जुम्लाका सभापति दिपबहादुर शाही सहितका पदाधिकारी र कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडि ज्ञापन पत्र बुझाएका हुन् । सभापति शाहीले ज्ञापनपत्र पढ्दै कोभिड १९ मा सरकारले गरेका कामको असन्तुष्टि जनाउनु भयो । सभापति शाहीले चौतर्फी सहयोगमा पनि सरकारको काम सन्तुष्ट नभएको भन्दै ज्ञापन पत्रमा भएका विषयहरु पढेर सुनाउनु भएको थियो ।

सरकारलाई दिएको ज्ञापन पत्रमा क्वारेन्टाईन व्यवस्थापन गुणस्तरीय हुनुपर्ने लगाएतका बिषयमा सूझाव दिईएको छ , ज्ञापन पत्रमा पिसिआर परीक्षण दायरा बढाईनुपर्ने, मानिसको मृत्यू पछि मात्रै स्वाब लिईने नभई क्वार्ेन्टाईनमै बसेको समयमा सवैको स्वाब लिनुपर्ने, अस्पतालहरुको क्षमता गुणस्तरमा जोड दिन दिनुपर्ने सूझावहरु दिएको हो ।
यसैगरी कांग्रेसले सरकारलाई कोभिड १९ को रु १० अर्व बजेट खर्चको विवरण बृस्तृतमा सार्वजनिक गर्न समेत माग गरेको छ ।
ज्ञापन पत्रमा क्वारेन्टाईन उचित व्यवस्थापन नहुदा संक्रमित बढिरहेका छन् । स्वाव लिने काम सवैको नभएको र राहात समेत आवश्यकताको आधारमा नभएको उल्लेख गरिएको छ । यसैगरी अग्रपन्थिमा काम गर्ने व्यक्तिहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुका आवश्यक सम्वोधन नभएको , कोरोना महामारीको यो घडिमा सरकार खासै संवेदनशिल नभएको कांग्रेसले जनाएको छ ।
आईसुलेशनमा रहेका नागरिकहरुको अनिवार्य जाँच गरिनुपर्ने , लकडाउनको अवधिमा भएका आत्म हत्याको विषयमा विशेष कार्यक्रम ल्याईनुपर्ने, क्वारेन्टाईनको मापदण्ड अनुसारको उचित व्यवस्थापन सहित खानपिन र स्वास्थ्य परीक्षणमा जोड दिईनुपर्ने उल्लेख छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ज्ञापनपत्र सम्वन्धित स्थानमा बुझाईने तर आगामी दिनमा सामाजिक दुरीलाई कायम राखेर काम गर्न अनुरोध गर्नुभयो । उहाँले १० जना मात्र आउन अनुरोध गरेपनि भिड धेरै भएको बताउनुभयो । संवेदनशिल घडिमा सामाजिक दुरी कायम गरेर सवैले आ आफ्नो तर्फवाट सहयोग गर्न उहाँले थप्नुभयो । जिल्ला प्रशासनमा गएको नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु ५० भन्दा बढि थिए । सो भिडको सुक्षार्थ खटिएका सुरक्षाकर्मी पनि बढि नै थिए । नेपाली कांग्रेस जुम्लाले पार्टी कार्यालयबाट भने जिल्ला प्रशासन कार्यालय सम्म सामाजिक दुरी कायम राख्दै पार्टीको झण्डा सहित मौन प्रदर्शन गरि जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्