
असार १२ गते । नेपाली कम्युनिष्ट पार्टी जुम्लाको एकता वैठक सम्पन्न भएको छ । वैठकमा साविका माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी विच भएको एकता जिल्लास्तरमा पुर्णता वैठक आयोजना गरिएको छ ।
केही समय अगािड जुम्लामा ईन्चाज गोमा कुँवर र संयोजक राजबहादुर खत्रीलाई जिम्मा दिएपछि जिल्ला स्तरमा वैठक आयोजना गरिएको छ । एकता वैठकमा सहभागी भएका नेताहरुलाई प्रशिक्षण समेत गरिएको छ ।
कर्णाली प्रदेशका सहईन्चार्ज नरेश भण्डारी, तिर्थबहादुर बुढा, संयोजक बिमला केसी, जिल्ला ईन्चार्ज गोमा कुँवर, केन्द्रीय सदस्य पदमबहादुर रोकाया सहितका नेताहरुले वैठकमा प्रशिक्षण दिनु भएको छ । वैठकमा प्रतिनिधिसभा निर्वाचनमा हार बेहोर्नुपरेको अवस्थाको समिक्षा र आगामी बर्ष कसरी अगाडि बढ्ने भन्ने बिषयमा जोड दिईएको छ ।
वैठकमा कर्णालीका सहईन्चार्ज तथा संविधानसभा सदस्य नरेश भण्डारीले चौतकर्फी घेरावन्दीले निर्वाचन हार वेहोनु परेको भएपनि समानुपातिकमा जुम्लाले ल्याएको सवैभन्दा बढि मतको पार्टीले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनको समयमा पार्टी भित्रैबाट पनि बदनाम गर्न अव कसैलाई छुट नभएको बताउदै आकाशबाट चिलले हेरे जस्तै गरि फराकिलो रुपमा अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कर्णालीका पार्टी संयोजक विमला केसीले जुम्लामा प्रयाप्त जनाधार भएपनि दुई निर्वाचन हार व्यहोर्नु राम्रो नभएको बताउदै अव राम्ररी जानुपर्नेमा बताउनुभयो । उहाँले पार्टीै र पार्टीका उम्मेदवारले हारमा रमाउनेहरुको खैरियत नभएकोमा जोड दिनुभयो । कर्णाली प्रदेश सहईन्चार्ज तिर्थ बुढाले पार्टी भित्रको एकता थप मजवुद्ध बनाएर स्थानीय तह र प्रदेशसभामा राम्रो गर्ने आजको आवश्यकता रहेकोमा जोड दिनुभयो । जिल्ला ईनचार्ज गोमा कुँवरले आफुले जिम्मेवारी पाएपछि पार्टीलाई सही तरिकाले अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले पार्टी भिन्न परिस्थितिमा वैठक आयोजना गरिएको हुदा पार्टीको जिम्मेवारी प्रथामिकताका साथ राख्नेमा जोड दिनुभयो ।
वैठकले झण्डै साढे छ सय बढि जिल्ला समिति बनाएको छ । यसका साथै प्रदेश क,ख र गाउँपालिका स्तरका ईन्चार्ज, सहईन्चार्ज, संयोजक, सहसंयोजकको जिम्मेवारी तोकिएको र पालिकास्तरका भेला तोकेको छ ।










