OnlinePana

आज : २०८३ आषाढ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०८३काठमाडौं
८८ पटक

३० जेठ २०८३, शनिबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवा व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले आज बिहान ४ः३० बजेको समयमा हिरासतमै मृतक बक्स अचेत अवस्थामा भेटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अचेत अवस्थामा भेटिए लगत्तै उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पु¥याइएको थियो । अस्पतालमा पुर्याइएका बक्सलाई चिकित्सकले मृत घोषणा गरेका थिए । चोरी मुद्दामा पक्राउ परेका मृतक बक्सलाई प्रहरीले बुधबार म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको थियो । उनको पोष्टमार्टम पछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्