OnlinePana

आज : २०८३ जेठ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०८३काठमाडौं
३३ पटक

३० जेठ २०८३, शनिबार

सुर्खेतः आगामी असार ८ गते ‘ओलम्पिक डे’को अवसरमा सुर्खेतमा ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।

मिड वेस्ट फिट्नेस सेन्टरले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत असार ८ गते उक्त प्रतियोगिता हुने जानकारी गराएको छ । कर्णाली प्रदेशको पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा यसको प्रचार–प्रसार र धावकहरुलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सेन्टरका पूर्वनिर्देशक प्रमोद हमालले जानकारी दिनुभयो ।

म्याराथन प्रतियोगिताका निर्देशक राम वलीका अनुसार प्रतियोगितामा पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, महिलातर्फ १० किलोमिटर तथा विद्यार्थीतर्फ ५ किलोमिटर समावेश गरिएको छ । पुरुषतर्फको २१ किलोमिटर हाफ म्याराथनमा प्रथम हुनेले रु.एक लाख २५ हजार, द्वितियले रु.५० हजार र तृतीयले रु.२५ हजार, चौथो र पाँचौं हुनेलाई जनही रु.१०÷१० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी, महिलातर्फको १० किलोमिटरमा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश रु.३०, २० र १० हजार तथा चौथो र पाँचौं स्थान हासिल गर्नेलाई जनही रु.पाँच÷पाँच हजार प्राप्त गर्नेछन् । त्यस्तै, विद्यार्थी समूहतर्फ ५ किलोमिटरमा प्रथम, द्वितिय र तृतीय हुनेले क्रमशः १५, १० र पाँच हजार तथा चौथो र पाँचौं हुनेलाई जनही दुई÷दुई हजार पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका निर्देशक वलीले बताउनुभयो ।

आयोजकका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशका उदयीमान धावकलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद् सुर्खेतले रु.दश लाख आर्थिक सहयोग गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्