OnlinePana

आज : २०८३ आषाढ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १७, २०८३काठमाडौं
७० पटक

१७ जेठ २०८३, आईतबार

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली समृद्धिको लागि साझा प्रयास जरुरी रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजि कर्णाली प्रदेश विकास परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले एकल प्रयासबाट विकास सम्भव नहुने तर्क गर्नुभयो । कर्णालीको उत्थान र विकासका लागि सबै पक्षले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने उहाँको भनाई थियो ।

“यहाँको विकास निर्माणका कामलाई प्रभावकारी बनाउन सबै तहका सरकार तथा सरोकारवालाबीच साझा बुझाइ, समन्वय र सहकार्य आवश्यक छ, मुख्यमन्त्री कँडलले भन्नुभयो, “जनाताको जीवनस्तर सुधार गर्ने तथा उनीहरुलाई सन्तुष्ट बनाउने योजनालाई प्राथमिकता दिनुपर्दछ । जनतालाई खुसी बनाउने र उनीहरुको आवश्यकता पूरा गर्ने गरी योजना तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

बजेट विनियोजनबाट विकास र समृद्धिका पक्षमा जनसमर्थन बढ्ने गरी प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिँदै प्रदेश तथा स्थानीय सरकारले आफ्नो क्षमता र स्रोतअनुसार सरकार खर्चमा मात्र केन्द्रित नभएर आम्दानी वृद्धि गर्ने विषयमा पर्याप्त ध्यान उहाँले सुझाउनुभयो । उत्पादन, रोजगारी र राजस्व वृद्धि गर्ने योजनामा जोड दिनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो ।

स्थानीय तहका अभिलेखहरु अझै व्यवस्थित रुपमा उपलब्ध हुन नसकेकोले तिनको व्यवस्थापन गर्न, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध थप सुदृढ बनाउन प्रत्येक पालिकामा योजना बैंक निर्माण गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले प्राविधिक सहयोग उपलब्ध गराउने जानकारीसमेत उहाँले दिनुभयो । बजेट वितरण र शासन शैलीमा सुधार गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कँडेल अध्ययन, अनुसन्धान र तथ्यका आधारमा योजना निर्माणतर्फ लाग्न निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस्