OnlinePana

आज : २०८३ आषाढ ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०८३काठमाडौं
४९ पटक

१४ जेठ २०८३, बिहीबार

सुर्खेतः युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था सुर्खेत महिला जेसीजले सप्ताहव्यापी “जेसीज सप्ताह–२०२६” मनाउने भएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा आयोजना हुने सप्ताहमा विभिन्न सामाजिक, शैक्षिक तथा नेतृत्व विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै सप्ताहव्यापी कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्ने तयारी भएको संस्थाले जनाएको छ ।

सुर्खेत महिला जेसीजको अध्यक्ष मनु सुनारका अनुसार सप्ताह अन्तरगत वक्तित्वकला प्रतियोगिता, रक्तदान, नेतृत्व विकास तालिम, स्वास्थ्य शिविर तथा नारी सम्मानलगायतका गतिविधि सञ्चालन हुनेछन् ।

जेसीज सप्ताहको उद्घाटन गणतन्त्र दिवसको दिन जेठ १५ बिहान ११ बजे गरिनेछ । कार्यक्रमको संयोजन जेसी लक्ष्मी बीसी र जेसी झरना विष्टले गर्नेछन् । त्यसैगरी जेठ १६ गते बिहान छ बजे मंगलगढी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ । समाजमा रगत अभावको समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन हुने उक्त कार्यक्रमको संयोजन जेसी रितु वयलकोटीले गर्ने जनाइएको छ ।

जेठ १७ गते शुभ होटलमा नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ । युवाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा व्यक्तित्व निर्माणमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको तालिमको संयोजक जेसी बसन्ता काकीले गर्ने संस्थाले जनाएको छ ।

यस्तै जेठ २२ गते वडा नम्बर छ कार्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । दिउँसो एक बजे सुरु हुने शिविरमार्फत स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रम संयोजक जेसी बालकुमारी सुनारले जानकारी दिनुभयो । जेसीज सप्ताहको समापन जेठ २३ गते शुभ होटलमा “नारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम” मार्फत गरिने भएको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका महिलाहरूलाई सम्मान गरिनुका साथै सप्ताहभर सञ्चालन भएका कार्यक्रमका उत्कृष्ट सहभागीलाई पुरस्कार वितरण गरिनेछ । कार्यक्रमको संयोजन जेसी सुमित्रा चौधरी र जेसी सुस्मिता रिजालले गर्नुहुनेछ ।

सुर्खेत महिला जेसीजकी अध्यक्ष निशी हाङ सुनारले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा महिला सशक्तिकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । महासचिव जेसी भावना रानाले सप्ताहव्यापी कार्यक्रममा सबैको सहभागिताका लागि आग्रह गर्नुभएको छ । कार्यक्रमका मूल संयोजक जेसी भिमा शाहीका अनुसार जेसीज सप्ताहले सामाजिक चेतना अभिवृद्धि गर्नुका साथै युवाहरुलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्ने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस्