OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २७, २०७७जुम्ला,
१३७४ पटक

जुम्ला, जेठ १५ गते । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले आफ्नो प्रथामिकता कोभिड रोकथाम सँगै जिल्लाको शान्ति सुरक्षा र सुशासनमा हुने बताउनुभएको छ ।
प्रजिअ थापाले पत्रकार भेटघाटमा अहिले कोभिड १९ को महामारी रोकथाम र नियन्त्रणमा पहिलो प्रथामिकता सहित जिल्लामा शुसासन, शान्ति सुरक्षामा प्रथामिकतामा पर्ने जानकारी दिनुभयो ।
उहाँले जिल्लामा कोभिड विरुद्धको अभियानमा असल समन्वय गर्ने बिषयमा अहिले प्रथामिकता भएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयलमा गएिको पत्रकार भेटघाटमा उहाँले चुनौतिको रुपमा आएको कोरोना बिरुद्ध लडाई जित्न हामी सक्षम हुने र यो अभियानमा लाग्न सवैको सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रजिअ थापाले कोरोना पछि जिल्लालाई शुसासन कायम राख्न ठूलो प्रयास गर्ने, तेस्रो सार्वजनिक निकायलाई सेवा प्रवाहमा चुस्त, सजिलो र चौथौ शान्ति अमन चयनलाई थप बलियो बनाउने बिषयमा जोड दिनुभयो ।
गृह प्रशासन सुधार योजना जस्तै स्थानीय प्रशासन सुधार योजना बनाएर अगाडि बढ्ने प्रजिअ थापाले जोड दिएको जानकारी दिनुभयो । उहाँले तर यि सवै काम गर्न एकल संभब नभएको भन्दै संचारकर्मी सहित सवैलाई सहयोग गर्न अपेक्षा गर्नुभएको छ । उहाँले प्रमुख जिल्ला अधिकारी वा कर्मचारी र जनप्रतिनिधी मात्रै सरकार नभएर सवै निकाय अव राज्य हो यसैले सवै मिलेर जिल्लाको समृद्धि र विकासमा जोड दिन आवश्यक रहेको छ । यस बिषयमा अझै पत्रकारहरुको सहयोग बढि आवश्यक रहेको बताउनुभयो । गृह प्रशासनको ईतिहासमा स्थानीय व्यक्ति प्रमुख जिल्ला अधिकारी हुनु एउटा अवसर पनि हो ।
गृह प्रशासनले जिल्लामा पठाएमा राम्रो काम गरियो भने भावि पिडितले समेत अवसर पाउने उहाँले थप्नुभयो । उहाले लकडाउन पछि सेवा प्रवाहमा जोड दिने र सवै सरकारी कार्यालयमा हेल्प डेक्स आवश्यक रहेको जानकारी गर्नुभयो ।
पत्रकारहरुले जिल्लाको अवस्था, सुधार्नुपर्ने बिषयमा प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतले प्रजिअ थापालाई तथष्ट रुपमा काम गर्नुपर्ने र राम्रो समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पूर्ण पसाद चौलागाईले जिल्लामा लकडाउन भित्रको केही वेथिति भईरहेको, मालवाहक चालकहरु वलवालिका भएकाले दुर्घटना हुन सक्ने डर भएको जानकारी गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी थापा जुम्लाकै स्थानीय वासी भएपनि गृह मन्त्रालयले पहिलो पटक आफ्नो जिल्लामा प्रजिअको रुपमा खटाएको छ । ४१ औ प्रजिअ जुम्लाले स्थानीय व्यक्ति थापालाई पाएको हो ।
पत्रकार भेटघाटमा सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जिल्लामा अहिले कोभिड १९ मा भईरहेका कामहरुको बिषयमा पत्रकारहरुलाई जानकारी गर्दै जुम्ला यही अनुसार जाने हो भने सुरक्षित हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्